2026-10-15 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि मलेसिया जाने प्रक्रिया बन्द, स्वास्थ्य परीक्षण प्रक्रिया नै रोकियो

जेष्ठ ४ काठमाण्डौ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण प्रक्रिया रोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदार माथि विभिन्न प्रक्रियाका नाममा अतिरिक्त शुल्क लिने संस्था तथा सिण्डिकेट प्रथा खारेज गर्ने घोषणा गरे लगत्तै बायोमेट्रिक स्वास्थ्य परिक्षण गराउदै आएका स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परिक्षण बन्द गरेका छन् । जसका कारण आजदेखि मलेसिया जाने कामदारहरु अन्यौलमा परेका छन् । 

अब नयाँ कामदारले स्वास्थ्य परीक्षण गर्नै नपाउने भएका हुन्  । सिन्डिकेट हटाउने मन्त्री विष्टको निर्णय संगै आजबाट बायोमेट्रिक स्वास्थ्य परिक्षण गराउदै आएका व्यवसायीहरुले सरकारको एकतर्फी निर्णयको विरोध गर्दै स्वास्थ्य परिक्षण बन्द गराएको बताएका हुन् ।

 यता मलेसिया रोजगारीका क्रममा लागू भएका विभिन्न प्रक्रियाका बारे प्रतिक्रिया लिदा नेपालस्थित मलेसियन दुतावासका कार्यवाहक राजदूत अहमद फादिल स्माइलले यी सबै प्रक्रिया मलेसिया सरकारले नै लागू गराएकाले मलेसियाली सरकारले निर्णय नगरेसम्म कायमै रहने बताए । उनले यसका लागि एकतर्फि निर्णय गर्नुभन्दा पनि दुई देशका सरकारले छलफल गरेर सुल्झाए राम्रो हुने पनि सुझाएका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि