2026-10-15 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रोकिएन वैदेशिक रोगजारीमा ठगिने क्रम, दिनहुँ उजुरी बढ्दै

जेठ ६ नवलपरासी, । पश्चिम नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारीमा पठाउने बहानामा विभिन्न व्यक्ति ठगीमा परेको उजुरी पर्ने क्रम बढ्दो छ ।

सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा पछिल्लो चार वर्षमा झण्डै एक हजार व्यक्ति ठगिएको घटना बाहिर आएको हो ।

गत मार्च २०१४ देखि २०१८ १५ मेसम्ममा ९७६ वटा ठगिएको उजुरी दर्ता भएको छ । जसमा सबैभन्दा बढी मलेशियामा २८३, साउदीमा १६७, कतारमा १४९, युएईमा ६४, कुबेतमा ३८, आमनमा दुई, बहराइनमा तीन, नेपालमा २६० र अन्य मुलुकमा ठगिएको १० वटा उजुरी परेका छन् ।

वैदेशिक रोजगारीमा जानेलाई सीप सिकेर मात्र जान प्रोत्साहन गर्न र वैदेशिक रोजगारीमा ठगिएकाको पक्षमा वकालत गर्न खोलिएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा सञ्चालित छ ।

वैदेशिक रोजगारीका लागि प्रलोभनमा पारेर ठगी गरिएका ७३ वटा उजुरीमध्ये १२ वटा समाधान भएको र बाँकी अझै समाधानकै प्रक्रियामा रहेको परियोजना सहजीकरण गर्ने संस्था इन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले बताउनुभयो ।

उजुरी परिसकेपछि प्रमाण जुटाउन गाह्रो हुनु, वैदेशिक रोजगारीमा ठग्नेलाई कारबाहीको दायरामा ल्याउने कानून भनेजस्तो नहुनु, ठग्ने एजेन्टलाई सम्पर्कमा ल्याउनै मुस्किल हुनुजस्ता घटनाले ठगिएकालाई न्याय दिलाउन कठिन भएको बताइएको छ । सबैभन्दा बढी युएईमा ३० जनाको रू लाख ५७ हजार ठगी भएकामा रू२२ लाख २० हजार फिर्ता गराइएको छ ।

अधिकांश आफ्नै नातागोता, चिनेजानेका तथा छिमेकीबाट ठगिएको पाइएको जानकारी दिँदै उक्त परियोजनाका कार्यक्रम संयोजक उमा पौड्यालले पैसा लिएर नपठाउने, सम्झौता अनुसारको काममा नपठाउने, सम्झौता अनुसारको तलब नदिने र फ्री भिसा, फ्री टिकट भएका देशमा पनि एक डेढ लाख रुपैयाँसम्म लिएर ठग्ने क्रम धेरै देखिएको बताउनुभयो ।

देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र पारिश्रमिक भनेजस्तो नहुँदा वैदेशिक रोजगारमा जानेको युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । इन्द्रेणी सामाजिक विकास मञ्च र हेल्वेटासको साझेदारीमा सञ्चालित उक्त परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा ठगिएकाको उजुरी आउने गरे पनि ठगिएको प्रमाण कम हुने हँुदा समस्या समाधान गर्न कठिन भएको इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले बताउनुभयो ।

उक्त मञ्च र हेल्वेटासले सूचना तथा परामर्श केन्द्रबाट वैदेशिक रोजगारीमा जानेहरू नठगिउन भनी मध्यस्तकर्ताका रुपमा काम गर्दै आएको छ । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीलाई लक्षित गरी कावासोती र परासीमा सो परियोजनामा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि