2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

जेठ ११, काठमाडौँ (रासस) | विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । 

साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । 

वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको मिडियाका सम्पादक अनिल अधिकारीले जानकारी दिनुभयो । 

“रोजगारीका लागि विज्ञापन सहजै छान्न, विज्ञापन सहज हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी दिन एपले महत्वपूर्ण भूमिका खेल्नेछ,”– उहाँले भन्नुभयो । 

एपभित्र देशगत रुपमा आफूले मन परेको देशको माग कामदार माग, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधा सम्पर्क गर्न सकिने सम्पादक अधिकारीको भनाइ छ । 

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले वैदेशिक रोजगारले मुलुक विकासमा ठूलो योगदान पु¥याएको बताउँदै वैदेशिक कामदारलाई लक्षित गरेर एप सार्वजनिक गरेर राम्रो कामको शुरुवात भएको बताउनुभयो । “यस्ता काम सरकारी क्षेत्रबाट हुनुपर्ने हो, निजी क्षेत्रले ढिलै भएपनि राम्रो काम गरेको छ,”– उहाँले भन्नुभयो । 

वैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले यो एपले कामदार र व्यवसायीबीच पुलको काम गरेको बताउनुभयो । एप सञ्चालनका लागि चाहिने आवश्यक सूचनाबारे विभागले सहयोग गर्ने उहाँको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु