2026-10-15 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होसियार! ठगहरुले सम्झौतापत्रमा धेरैजसो यी १० वटा कुरा गढबढ गर्छन्

जेठ १३, काठमाडौं । कामदार र रोजगारदाता बिच तलब, सुविधा, कामको अवधि आदिको बारेमा सहमति गरिएको कागजातलाई नै करार/सम्झौता पत्र भनिन्छ। यो पत्रमा रोजगारदाताले म्यानपावर कम्पनीको माध्यमबाट कामदारसम्म पठाऊछन् र कामदारले यसको सम्पूर्ण सर्तहरू अध्ययन गरी हस्ताक्षर गर्नुपर्छ। धेरै म्यानपावर कम्पनी र एजेन्टहरुले करार पत्रसँग सम्बन्धित यी १० मुख्य तरिकाबाट ठग्न सक्छन्:

  • नककली करार पत्र बनाएर सही गर्न लगाउने
  • सक्कली करार पत्रमा तपाईँको रोजगारदाताको अधिकारिक हस्ताक्षर सहित अन्य सम्पूर्ण विवरणहरू, जस्तै कम्पनी वा रोजगारदाताको नाम र ठेगाना, कामको विवरण, छुट्टी, अन्य सुविधाहरू, मासिक तलबको बारेमा लेखेको हुनुपर्छ
  • यताबाट जाँदा एक थरी करारपत्रको फोटोकपीमा सही गराएर लिएर जाने र उता पुग्दा सक्कली करार पत्र अर्कै हुने
  • तपाईँ रोजगारका लागि विदेश पुग्ने बित्तिकै करार पत्र जफत गरेर राख्ने
  • तपाईसँग करार पत्र छैन भने तलब, बिदा र अन्य सुविधा नदिईकन राख्न सक्छन्
  • तपाईँलाई करार पत्र नदिने र तपाईँले माग्दा करार पत्र चाहिंदैन, हामीले सबै कुरो मिलाईसक्यौं भन्ने
  • करार पत्र अङ्ग्रेजी भाषामा लेखिएको छ यो तिमीले बुझ्दैनौ भनी पढ्न नदिने
  • अङ्ग्रेजी भषा कमजोर हुनेहरुलाई म्यानपावर कम्पनीले करार पत्र नेपालीमा अनुवाद गरी बुझाउनु पर्छ
  • करार पत्रको फोटोकपी गर्न वा फोटो खिच्न नदिने
  • परिवार तथा साथी-भाइलाई करार पत्रको एक प्रति फोटोकपि वा फोटो राख्न दिएको छ भने ठगिमा पर्दा आफूसँग प्रमाण हुन्छ
  • करार पत्रमा न्यूनतम तलब, सुविधा, बिदा आदिको बारेमा नलेख्ने र उता पुगेपछि भनेको भन्दा थोर्है तलब र सुविधामा काम लगाउने
  • करार पत्र राम्रोसँग पढ्न नदिने वा यति पनि विश्वास छैन भनी अनेक बहाना बनाएर तपाईँलाई नपढीकन सही गर्न लगाउने
  • मुखले एक थरी कामको लागि लैजाने भन्ने र करार पत्रमा अर्कै थरी काम गर्न जान लागेको भनी लेख्ने 
  • दुईवटा करार पत्र बोक्नु पर्छ एउटा  झोलामा बोक्नु पर्छ र अर्को थरी चाई विमानस्थलको कर्मचारीलाई देखाउनु पर्छ भन्ने
  • सक्कली करार विमानस्थलमा पुगेर चेक जाँच हुने समयमा देखाउनको लागि मात्रै दिएका हुन सक्छन्
  • करार पत्र तपाईँलाई दिँदै नदिने
  • तपाईँलाई करार पत्र नदिई म्यानपावरका मानिसहरू आफैले मिलेर तपाईँको नामको झुठो सही गरेर पनि पठाउन सक्छन्

त्यसैले आफू ठगीमा परि सकेपछि दिक्क मान्नु भन्दा सुरु मै चनाखो हुनु राम्रोहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु