जेठ १७,काठमाडौँ । कामदारसंग तोकिए भन्दा बढी रकम अशुल गर्ने दि सेन्टर ओभरसिज कन्सन प्रा लि की बालकुमारी राई पक्राऊ परेकी छिन् । तराविर कंडेललाई कतारमा पठाइदिने भन्दै फ्री भिषा फ्री टिकटको डिमाण्डमा ९५ हजार लिंदा लिंदै बैदेशिक रोजगार विभागको टोलीले उनलाई पक्राऊ गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयमा कामदारले उजुरी गरेपछि मन्त्रीको निर्देशनमा उक्त ओभरसिज कार्यालयबाट कर्मचारीलाई रकम लिँदालिँदै पक्राउ विभागका महानिर्देशक भुवन आचार्यले बताए । ओभरसिजका सञ्चालक विदेशमा रहेकाले उनी नेपाल आएपछि थप अनुसन्धान गर्ने महानिर्देशक आचार्यले बताए।
फ्री भिसा फ्री टिकट भएको मुलुकमा कामदार पठाउँदा रु १० हजारभन्दा बढी रकम लिन नपाइने व्यवस्था छ।