जेठ १८,काठमाडौँ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले गोकर्ण विष्ट आएपछि बैदेशिक रोजगार क्षेत्रलाई सुधार गर्न विभिन्न निर्णय गर्दै आएका छन् । पछिल्लो समय बैदेशिक रोजगारीका मागपत्र नेपाली दुतावासबाट प्रमाणीकरण अनिवार्य गर्ने,सुधारका लागि विभिन्न कार्यदल गठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८,काठमाडौँ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले गोकर्ण विष्ट आएपछि बैदेशिक रोजगार क्षेत्रलाई सुधार गर्न विभिन्न निर्णय गर्दै आएका छन् । पछिल्लो समय बैदेशिक रोजगारीका मागपत्र नेपाली दुतावासबाट प्रमाणीकरण अनिवार्य गर्ने,सुधारका लागि विभिन्न कार्यदल गठ"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायीमा बर्ड फ्लू र रेविजको सन्त्रास

२०७५, १८ जेष्ठ शुक्रबार १७:४२

जेठ १८,काठमाडौँ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले गोकर्ण विष्ट आएपछि बैदेशिक रोजगार क्षेत्रलाई सुधार गर्न विभिन्न निर्णय गर्दै आएका छन् । पछिल्लो समय बैदेशिक रोजगारीका मागपत्र नेपाली दुतावासबाट प्रमाणीकरण अनिवार्य गर्ने,सुधारका लागि विभिन्न कार्यदल गठन गरि कार्य सुचारु समेत गरिसकेका छन् ।

सो बाहेक मलेसिया जानको लागि स्वास्थ्य परिक्षणको नाममा विभिन्न शुल्क खारेजीसंगै सो कार्यमा संलग्नलाई पक्राऊगरि कारवाही शुरु गरिएको अवस्था छ । श्रममन्त्री विष्टले यी निर्णयसंगै म्यानपावर व्यवसायीलाई बोलाएरआगामी कार्यदिशा बारे पनि अवगत गराइसकेका छन् सोहि भेलामा उनले म्यानपावर व्यवसायको धरौटी रकम बढ्ने संकेत समेत दिईसकेका छन् ।

तर मन्त्री विष्टको यस्तो कार्यलाई कतिपए म्यानपावर व्यवसायीले त साक्षी बहकाउन बोलाएको समेत आरोप लगाइसकेको अवस्था छ । बैदेशिक रोजगार क्षेत्रमा देखिएका यस्ता समस्या र समाधानका लागि पहल लिनुपर्ने तिनै म्यानपावर व्यवसायी भने यतिवेला एकले अर्कोलाई आरोप लगाउने र आफु पानी माथिको ओंभानो बन्ने कोशिश गरेका छन् यसलाई धेरै म्यानपावर व्यवसायीले नै गलत अभ्यास भनि टिप्पणी गरेका छन् । यसको उदाहरण हो पछिल्लो केहि दिन यता देखिएको व्यवसायीको  टिप्पणी,

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व उपाध्यक्ष कुमद खनालले एक संचार माध्यमलाई अन्तर्वार्ता दिंदै अहिलेको संघ बर्ड फ्लु लागेको कुखुराजस्तै भनेपछि यो विषयको चर्चा चुलिएको हो। उनको यहि अभिव्यत्तिलाई व्यंग्य गर्दै संघका अध्यक्ष रोहन  गुरुङले रेबिज रोग लागेकाले बर्ड फ्लूको चिन्ता गरेको सुनियो, रेबिज रोग निर्मुल पारौं भन्दै फेसबुक स्टाटस राखेपछि व्यवसायी विचको आक्रोश छताछुल्ल भएको छ । 


खनालको यस्तो बोलि बाहिर आएपछि संघका अध्यक्ष रोहन गुरुङको प्रतिक्रिया यस्तो आयो .

गुरुङको फेसबुकमा स्टाटस देखिएपछि अनि शुरु भयो व्यवसायीको टीकाटिप्पणी गर्ने काम र लेख्न थाले …

व्यवसायीहरुको हित एवम संरक्षणको लागि हो तपाईहरुको कटाक्ष होईन सबै मिलेर ब्यवसायिको हित हुने काममा लाग्नु पर्यो भन्दै  किरण सिग्देल लेख्छन्: संकट पर्दा परिवारमा हानथाप होईन हातेमालोको जरुरत पर्छ ! सबै अध्यक्षज्यूहरु प्रति सम्मान र अपेक्षा छ हामि समस्या समाधानमा तपाईहरु सबैको भुमिका देख्न र महसुस गर्न चाहन्छौ 

 यो  समय भनेको एकअपसमा जुटेर समस्यामा पनि सम्भाबना देख्ने समय हो भन्दै महेश बस्नेत सुझाव दिन्छन्    अध्यक्ष  ज्यु, झिनामसिना कुरालाई ई्स्यु नबनाई अाम ब्याबसायिकाे पक्षमा स्वतन्त्र भएर अलि खुल्ला हृदयले दह्रो  खुट्टा टेकेर राज्यलाई सुझाब दिनुहाेला, हाकि सबै तपाईको राम्रो कदमको प्रतिक्षामा छौं  ।


दिनेश श्रेष्ठ बैदेशिक रोजगार  व्यवसाय रहे मात्रै भूपू अध्यक्ष र बहालवाला अध्यक्ष वन्न पाउनु हुनेछ भन्दै लेख्छन् "आफु शिसाको घरमा बसेर अर्काको झ्यालमा ढुंगा हान्ने काम कदापी नहोस " 


भरत सापकोटा टिप्पणी गर्छन् " रेबिज र बर्डफ्लु भन्दा पनि मनको  रोगको उपचार गरौँ  ? व्यवसायी भएपछि व्यावसायिक बनौँ । सरकार पक्ष  र प्रतिपक्षी जस्तो बेबार नगरौ ? यस्तै दोहोरी खेलेको कारणले आज वैदेशिक रोजगारीको यो अवस्था पुगेको छ।"


टंक प्रसाद नराल आफ्नो आक्रोस पोख्छन् "तिमीहरुको  लडाइमा कामदार देखी व्यवसायी  सबै पीडित भएर कैले सम्म बस्नुपर्ने ?"

हुन त यसअघी पनि यस्ता आरोप प्रत्यारोप नभएका होइनन् । कहिले संघले आफ्नो वाचा पूरा नगरेको त कहिले बिना नक्शा पास व्यवसायीसंग रकम अशुल गरेको जस्ता विषय नआएका होइनन् तर म्यानपावर व्यवसायको भविष्य के हुने अन्योल देखिएको अहिलेको अवस्थामा यस्ता टिका टिप्पणीले भने पक्कै पनि व्यवसायीलाई नै असर गर्ने पक्का छ संगै व्यवसायी नै विभाजित रहेको अवस्थामा उनीहरु माथि सरकारले थप निगरानी गर्नको लागि सहयोग नै मिल्छ । व्यवसाय भित्रका विकृतिहरु सुधार गरि आफ्ना जायज मागलाई समुहगत रुपमा छलफल र सहमति गर्ने बाटोमा नलागे भोलिका दिनमा थप जटिलता नआउला भन्न सकिन्न ।

तसर्थ अब त सोच्ने बेला आएन र व्यवसायी महोदय ….


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की