2026-10-15 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल फर्कदा यसअघि ल्याउन पाउने सामानमा पनि प्रतिवन्ध

जेठ १९, काठमाडौं । सरकारले १ अर्ब गुमेको भन्दै विदेशबाट फर्किने यात्रुहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाउने भएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी ल्याउन पाउने रक्सी अब ल्याउन नपाउने भएका हुन् । यस अघि विदेशबाट आउनेहरुले विदेशमा महँगो पर्ने रक्सि सगुनको रुपमा ल्याउने गरेका थिए । 

यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे भने अब त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए ।

सरकारले यो सुविधाका कारण वाषिर्क एक अर्ब रुपैयाँ राजश्व गुमेको ठहर गरेको छ । भन्सार कार्यालयले विदेशबाट रक्सी ल्याउने क्रम बढेको भन्दै त्यसबाट झण्डै एक अर्ब राजस्व गुमेको बताएको छ, त्यसै कारण पनि पहिलेको ब्यबस्थालाई हटाइएको हो । 

विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने/नपाउने भन्ने विषय तय भएको छैन । सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । अब विदेशबाट भन्सार नतिरी रक्सी ल्याउन नपाउने कुरा स्पष्ट भएको छ भने यात्रुले रक्सी ल्याए जफत गर्ने कि भन्सार तिर्न लगाउने भन्ने विषय भने केही दिनमै थाहा हुनेछ ।

सरकारले रक्सिले स्वास्थ्यमा समेत राम्रो नगर्ने र विदेशबाट ल्याउँदा राजश्व समेत गुम्ने हुँदा झिटी गुन्टा अन्तर्गत रक्सि ल्याउन पाउने छुट दिनु नपर्ने भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।

काँचो सुन ल्याउन पाउने

सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि कर भने तिर्नुपर्नेछ । कामदारले करविना नै काँचो सुन ल्याउन पाउने छैनन् । अहिले ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुपर्दैन । अर्थमन्त्री युवराज खतिवडाले कामदारलाई कर तिरेर सय ग्रामसम्म काँचो सुन ल्याउन दिने घोषणा गरेका छन् ।

यसले विदेशमा काम गरिरहेका नेपालीलाई फाइदा हुने सरकारको विश्वास छ । यसअघि काँचो सुन ल्याउन नपाउने व्यवस्था गरेपछि बाला बनाएर सुन तस्करी मौलाएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु