2026-09-24 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा मृत्युदण्ड सुनाईएका अनिललाई निर्दोष सावित गर्न कानुनी प्रतिरक्षा सुरु

जेठ २२,काठमाडौं । कतारी नागरिकको हत्या गरेको अभियोगमा एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाईएको थियो | 

त्यहाँको अदालतद्वारा मृत्युदण्डको फैसला सुनाइएका महोत्तरीको औरही १ का अनिल चौधरीलाई निर्दोष सावित गराउन कानुनी प्रतिरक्षा सुरु भएको छ। कतारमा रहेको नेपाली दुतावासले अनिल निर्दोष रहेको जिकिर गर्दै त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

कतारको अपराधसम्बन्धी तल्लो अदालतले अनिलले कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नायुमीको हत्या गरेको पुष्टि गर्दै मृत्युदण्डको फैसला सुनाएपछि त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरिएको दुतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयले अनिलको पक्षबाट मुद्दा लड्न आवश्यक पर्ने रकम तत्काल कतार पठाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र श्रम मन्त्रालयलाई आग्रह गरेको छ । मुद्दा लड्नका लागि ३० हजार कतारी रियाल झण्डै ९ लाख नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।

अनिललाई हत्या अभियोगमा गएको अप्रिल महिनाको पहिलो हप्ता पक्राउ गरी त्यहाँको केन्द्रीय कारागारमा राखिएको छ । चौधरी कतारको एक कार कम्पनीमा साधारण मजदुरका रुपमा काम गरिरहेका बेला कतारी नागरिकको हत्या गरेको अभियोग लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल