2026-09-24 04:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२००८ देखि २०१७ सम्म: बैदेशिक रोजगारीमा जान ३५ लाख बढीले लिए अनुमति (कुन बर्ष कति ?)

सास | जेठ २५, काठमाडौँ | बैदेशिक रोजगारीमा २००८ पछि २०१७ सम्म ३५ लाख भन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको बैदेशिक रोजगार बिभागको रिपोर्टले जनाएको छ | रिपोर्ट अनुसार बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको शंख्या पनि घट्दै गएको देखिएको छ | 

बैदेशिक रोजगार विभागको पछिल्लो ९ बर्षको रिपोर्ट अनुसार २०१३/१४ मा सबैभन्दा बढी नेपाली बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् | उक्त बर्ष मात्र ५ लाख १९ हजार ६३८ जनाले श्रम स्वीकृति लिएको रिपोर्टमा उल्लेख छ | जुन बर्ष २९ हजार १२१ जना महिलाले श्रम स्वीकृति लिएका थिए | त्यस्तै २००८/०९ मा बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने नेपालीको शंख्या २ लाख १९ हजार ९६५ रहेका थिए, जुन ९ बर्षको सबैभन्दा कम हो | 

कुन बर्ष कति नेपालीले श्रम स्वीकृति लिए, तल हेर्न सक्नुहुनेछ: 

२००८/०९: 2,19,965 जना 

२००९/१०:  2,94,094 जना 

२०१०/११: 3,54,716 जना 

२०११/१२: 3,84,665 जना 

२०१२/१३: 4,50,889 जना 

२०१३/१४: 5,19,638 जना 

२०१४/१५: 4,99,102 जना 

२०१५/१६: 4,03,693 जना 

२०१६/१७: 3,82,871 जना 

माथिको रेकर्डलाई मध्येनजर गर्ने हो भने २००८ देखि बैदेशिक रोजगारीमा जानेको शंख्या उकालो लागेर २०१३/१४ पछी निरन्तर घट्दै गएको थाहा हुन्छ | गएको बर्ष २०१६/१७ मा बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको शंख्या ३ लाख ८२ हजार ८७१ रहेको छ | जुन शंक्या २०१३/१४ को तुलनामा १ लाख ३६ हजार ७६७ जनाले कम हो | 

२००८ देखि २०१७ सम्म: कुन बर्ष कति महिलाले श्रम स्वीकृति लिए ? 

२००८/०९: 8,594 जना 

२००९/१०: 10,416 जना 

२०१०/११: 10,056 जना 

२०११/१२: 27,767 जना 

२०१२/१३: 22,958 जना  

२०१३/१४: 29,121 जना 

२०१४/१५: 18,467 जना 

२०१५/१६: 21,412 जना 

२०१६/१७: 20,105 जना 

हालसम्म कोरिया जान श्रम स्वीकृति लिनेको शंख्या कति ? 

बिभागको रिपोर्ट अनुसार २००८ देखि २०१७ सम्म (EPS) मार्फत कोरिया जान श्रम स्वीकृति लिनेको शंख्या ४४ हजार ९ सय ७८ जना रहेको छ | २००४ मा नेपाल सरकार र कोरिया सरकार बीच नेपाली कामदार कोरिया लैजाने सहमति भएको थियो | सन् २००८ देखि हालसम्म नेपालीहरु रोजगारीको शिलशीलामा कोरिया जादै आएका छन् | कोरियाले बार्षिक कोटाको आधारमा नेपालीहरुलाई कोरियामा कामदारको रुपमा लाँदै आएको छ | २००८ मा इपिएसको लागि परिक्षामा सामेल हुनेको शंख्या जम्मा ३१,५२५ जना रहेकोमा २०१७ मा ६८,३८३ जना परिक्षामा सामेल भएका थिए | 

सरकारले पछिल्लो समय बैदेशिक रोजगारीमा जाने र आउनेको शंख्याको समेत विवरण लिन सुरु गर्दैछ | यस अघि श्रम स्वीकृति लिएको आधारमा बैदेशिक रोजगारीमा कति गए भन्ने अनुमान मात्र भए पनि बिना श्रम स्वीकृति बिभिन्न बाटोबाट बैदेशिक रोजगारीमा जानेको शंख्या पनि बाक्लो छ | सरकारले बिभिन्न ११० मुलुकमा बैदेशिक रोजगारीमा जान खुला गरे पनि केहि त्यस्ता देशमा पनि नेपाली पुगेका छन् जुन नेपाल सरकारले मान्यता दिएको भन्दा बाहिर छ | सरकारले तोकेको ११० देश मध्ये इराक र अफगानिस्तान हाललाई रोक्का गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल