2026-10-15 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जान डीएनए परीक्षण गराउने बढ्दै, यस्तो परिक्षण गर्दा के फाइदा ?

जेठ २७, ललितपुर । विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ ।  जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले कतिपय देशले आमाबाबु र सन्तानको नाता खुल्ने अरु कागजले नमानेर डिएनए परीक्षणकै प्रतिवेदन माग्ने गरेको बताए । उनले भने, “कामका सिलसिलामा ती देश पुगेर अहिले स्थायी बसोबासको अनुमति पाएकाहरु आफ्ना सन्तान लैजान परीक्षण गर्न आएका छन् ।”

प्रयोगशालाले नेपाल सरकारको कन्सुलर सेवा विभाग, वैदेशिक रोजगारीको परामर्श केन्द्रका चिठीलगायत आधिकारिक प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने रिजाल बताउँछन् । कतिपय आफ्ना सन्तानसँग शंका लागेकै भरमा डिएनए परीक्षण गर्न आइपुग्छन् । उनीहरुले पनि विदेश जानका लागि चाहिएको छ भन्दै झुट बोल्ने गरेको उनी बताउँछन् ।

उनी भन्छन्, “हामी आधिकारिक पत्र हेरेर आवश्यक पर्ने अवस्थामा मात्रै परीक्षण गरेर नतिजा दिन्छौँ ।” व्यक्तिगत रुपमा आएकाहरुको डिएनए परीक्षण गर्दा समाजमा बेथिति आउन सक्ने भएकाले प्रयोगशालाले परीक्षण गर्दैन । यसअघि मानव डिएनए मात्रै परीक्षण हुँदै आएकामा प्रयोगशालाले गत वर्षदेखि वन्यजन्तुको समेत परीक्षण गर्न शुरु गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु