2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सानै छ, यो अबोधलाई आफ्नो आमालाई के भएको भन्ने के थाहा ?’

असार १, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा जोर्डन पुगेर १३ महिना पछि बस दुर्घटनामा परि मृत्यु भएकी चौदण्डी नगरपालिका ४, उदयपुरकि २२ बर्षीय रविना राईको परिवारलाई सहायता वितरण गरिएको छ । राईको छोरा सहित अन्य परिवारको उपस्थितिमा काठमाडौँको एससीसी म्यानपावरले जोर्डन स्थित कम्पनी र नेपालीहरुको सहयोगमा आएको ६ हजार अमेरिकी डलर भन्दा बढी सहयोग प्रदान गरेको हो । 

यस अघि उनको परिवारले बैदेशिक रोजगार पर्वर्दन बोर्ड र बिमा बापत २० लाख २८ हजार रकम लिई सकेको छ । यसरी कुल हुन आउने सम्पूर्ण रकम मृतक रविनाको नावालक छोरा उद्योग राईको खातामा फिक्स डिपोजिट गरिएको छ ।

मृतक  रविना राई १५ महिना अघि एससीसी म्यानपावर कम्पनीबाट जोर्डनको इएम मालिवन टेक्सटायल (गार्मेन्ट) उद्योगमा काम गर्न गएकी थिइन् । रोजगारीको शिलशिलामा साथीहरुसँग घुम्न जाने क्रममा उनको बस दुर्घटनामा परेर मृत्यु भएको थियो । 

राईको मृत्यु पछि ७ दिनमा उनको शव नेपाल ल्याईएको थियो । उनको मृत्यु पछी उनको परिवारले बैदेशिक रोजगार पर्वर्दन बोर्ड र नेपाल सरकारले व्यवस्था गरेको बिमाबाट २० लाख २८ हजार पाईसकेको छ भने शुक्रबार कमलपोखरी स्थित एससीसी म्यानपावर कम्पनीले पत्रकार सम्मेलन गरि जोर्डन स्थित कम्पनी र नेपालीहरुको सहयोग रकम सहित उनको परिवारलाई ६ हजार २५८ अमेरिकी डलर थप सहायता प्रदान गरेको छ । 

माथिको तश्विरमा: जोर्डन स्थित कम्पनीका एचआर मोहम्मद डीन मृतक रविनाकी आमा कल्पना राईलाई सहयोग वापतको  ६,२५८ डलर रकम प्रदान गर्दै । 

माथिको तश्विरमा: जोर्डनमा बस दुर्घटनामा जान गुमाएकी रविना राईको नावालक छोरा उद्योग राई ।

रविना राईको आमा कल्पना राईले छोरीको मृत्यु पछी आएको रकम नाति उद्योग राईको नाममा राख्ने र उद्योगकै भविष्यको लागि बैंकमा जम्मा गरिदिने बताइन । उनले आफ्नो नातितर्फ इशारा गर्दै भनिन् – ‘सानै छ, यो अबोधलाई आफ्नो आमालाई के भएको भन्ने कुनै चेतना छैन । यही छोराको भविष्य बनाउँछु भन्दै जोर्डन गएकी छोरीको मृत्यु भयो, अब यसको भविष्य बन्ने भयो तर छोरी रहिन । आमाको काँख नपाए पनि म्यानपावर, नेपाल सरकार र जोर्डनको कम्पनीले सहयोग गरेको छ, सबै पैसा फिक्स डिपोजिट गरेर राखिदिन्छौं । त्यहि पैसाले पाउने ब्याजले नातिको भविष्य बनाउँछ ।’ रविनाको ठूलो दाई अविन कुमारले बहिनीको दुखद मृत्यु भएपनि भान्जाको भविष्य बनाउन र बहिनीको इच्छा पुरा गर्न प्राप्त भएको सहयोग निकै महत्वपूर्ण रहेको भन्दै सहयोगको लागि सबै पहल म्यानपावरले गरेको भन्दै म्यानपावरलाई धन्यवाद दिए । उनले भने ‘अरु म्यानपावरले विदेश पठाएपछी कामदारको समस्यामा खासै चासो नदिने बताईरहँदा हामीले यो म्यानपावरकै पहलमा सहयोग पाउन सफल  भयौं । म्यानपावरलाई धेरै धन्यवाद ।’ 

माथिको तश्विरमा: पत्रकार सम्मेलनमा: एससीसी म्यानपावरका संचालक अबुल शाह, साथमा जोर्डन स्थित इएम मालिवन टेक्सटायल (गार्मेन्ट)का एचआर प्रमुख मोहम्मद डीन ।

राइको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्न आईपुगेका कम्पनीका ह्युमन रोसोर्स प्रमुख मोहम्मद डीनले राइको कम्पनी मार्फत बिमा रकमको लागि समेत प्रक्रिया जारी रहेको भन्दै उक्त बिमा रकम आएपछी पुन: थप रकम उनको परिवारले पाउने साझा सबाललाई बताएका छन् । 

जोर्डनको कम्पनी, नेपालीहरु र म्यानपावरले रविनाको परिवारलाई सहयोग गर्दै गर्दा रविनाको नाबालक छोरा उद्योग राई पनि पत्रकार सम्मेलनमै उपस्थित थिए । रविनाको मृत्यु पछी प्राप्त भएका सम्पूर्ण रकम उद्योग राईको नाममा बैंक खाता खोली राखिदिने र त्यसैको ब्याजले उद्योगको भविष्य बनाउन खर्च गरिने उनको परिवारले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु