2026-10-15 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० हजारको मात्र रसिद दिएर ४५ गुणासम्म रकम अशुल्ने म्यानपावरका संचालकहरु पक्राउ

असार ११, काठमाडौँ | बैदेशिक रोजगारीको लागि दुवई पठाउन कामदारसँग सरकारले तोकेभन्दा ४५ गुणा बढी अर्थात ४ लाख ५० हजारसम्म अशुल्ने म्यानपावर संचालकहरु पक्राऊ परेका छन् । बसुन्धरास्थित उपहार ह्युमन रिसोर्स प्रालिका सञ्चालकहरु चुडाबहादुर कार्की र खगराज दाहाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । 

कामदारलाई १० हजार रुपैयाँको मात्र रसिद  दिएर कानुन बिपरित प्रति कामदार ४ लाख ५० हजार रुपैयाँसम्म लिने गरेको सुराकीका आधारमा  उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको म्यानपावर कम्पनीबाट प्रहरीले २ सय ९८ वटा पासपोर्ट, १० लाख २३ हजार रुपैयाँ नगद, इन्ट्री रजिष्टार, डायरी लगायत कागजपत्र समेत बरामद गरी थप अनुसन्धान र कारबाहीका लागि बैदेशिक रोजगार विभागमा पठाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध कारबाहीको अभियान नै संचालन गर्दै आएको  छ । सरकारले तीन वर्ष अगाडी मलेसिया सहित खाडीका ७ देशमा निशुल्क भिषा र निशुल्क टिकटको व्यवस्था लागू गरेको थियो तर उक्त्त व्यवस्था म्यानपावर कम्पनीले पालना गर्न छोडेपछि श्रम मन्त्री गोकर्ण विष्ट आएसंगै कामदारसंग चर्को शुल्क अशुल गर्ने म्यानपावर कम्पनी विरुद्ध अप्रेसन शुरु भएको हो । 

म्यानपावर कम्पनीको अनुगमन गर्ने निकाय बैदेशिक रोजगार विभागको कार्य फितलो भएपछि श्रममन्त्री  विष्ट गृह मन्त्रालयको सहयोगमा ठगी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याई छाड्ने बताउंदै आएका छन् । सोहि अनुरुप पछिल्ला दिनमा म्यानपावर कम्पनीहरु विरुद्ध परेका उजुरीका आधारमा ठगि गर्ने कम्पनीको शुक्ष्म अनुगमन पनि हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु