2026-10-15 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघको कार्यशैली प्रति निवर्तमान अध्यक्ष ढकालका ९ आरोप

असार ११ काठमाडौं। नेपाल बैदेशिक रोजगार व्यवसायी संघको कार्यशैली ठिक नभएको भन्दै संघका निवर्तमान अध्यक्ष बिमल ढकालले गुनासो गरेका छन् । उनले फेसबुक स्टाटस मार्फत संघको कार्यशैली प्रति सचेत रहन म्यानपावर व्यवसायीलाई अनुरोध समेत गरेका छन् ।

उनले  वैदेशिक रोजगार व्यवसायी माथि चौतर्फी आक्रमण भैइराखेको समयमा सम्पुर्ण व्यवसायीहरुको छाता संगठन नेपाल बैदेशिक रोजगार व्यवसायी संघको भुमिका सुन्यप्राय रहेको आरोप लगाएका छन् । उनले भनेका छन् “सरकारी रवैया र संघको गतिबिधी हेर्दा जुनसुकै बेला पनि व्यवसायी माथी अझ अफ्ट्यारो स्थितिको सिर्जना हुन सक्छ तसर्थ आ आफ्नो तर्फबाट चनाखो भै आआफ्ना समस्या आफ्नै ब्यक्तिगत प्रयासमा समाधान गर्ने दिशामा अगाडि बढन सम्पुर्ण ब्यबसायीहरुलाई अनुरोध गर्दछु।” साथै उनले संघको कार्यशैली प्रति ९ आरोप लगाएका छन् जुन निम्न छन् ।

  • हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालयले मलेसिया रोजगारिका सिन्डिकेट बन्द गर्ने बहानामा भिसा लागेर गन्तव्य तिर जान तयार युवाहरुको अन्तिम स्वीकृती रोकेको छ अवस्थामा संघ मौन रहेको जनाएका छन्।
  • ऐन,नियम बिपरित ब्यबसायी माथी प्रहरी कारबाही हुँदा संघ मुकदर्शक भएर बसेको छ ।
  • सरकार आम व्यावसायिले धान्नै नसक्ने गरि धरौटी वृद्धि गर्दैछ संघ त्यसलाई मौन समर्थन गरेर बसेको छ।
  • साउदी दूतावासमा आइ.डि.कार्ड नवीकरण नभएर ब्यबसायी समस्यामा पर्दा संघको नेतृत्व चु सम्म बोल्दैन।
  • सिन्डिकेट बन्द गराउने नाममा राजनैतिक भेदभाव गरिएको छ संघ त्यसलाई समर्थन गरेर बसेको छ ।
  • सरकार सुधारका नाममा ब्यबसाय नै बन्द गराएर लाखौं बेरोजगार युवाहरुको भबिस्य माथी खेलवाड गरिरहेको छ संघ यसमा केही बोल्दैन । 
  • मागपत्र प्रमाणिकरणका नाममा अनेकौ झमेला दिइ राखिएको छ संघ सहजीकरणको लागि केही गर्दैन ।
  • आम ब्यबसायीको हक हितमा केही गर्न नसक्ने अनि कसैले आलोचना गर्‍यो भने संघबाट निलम्बन गर्छु भन्दै संघका अध्यक्ष हिटलरि शैली देखाउदै छन्  मानौ संघ अंशवण्डा  प्राप्त पैत्रिक सम्पती हो र यहाँ मनलागी जे पनि गर्न पाइन्छ। 
  • यस्तो त्रासदीपुर्ण अवस्थामा चौतर्फी आक्रमणका बाबजुद ब्यबसाय गर्नुपर्ने आवस्यकता आम ब्यबसायिको छ भने बै.रो.संघ एउटा सानो समुहको हक हितका लागि मात्र तल्लिन भई आम व्यवसायीलाई  व्यवसाय  बिमुख बनाउने दिसामा अग्रसर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु