2026-10-15 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया बन्द भएपछि कतार पहिलो श्रम गन्तव्य मुलुक

असार १४,काठमाडौं। बैदेशिक रोजगारीका लागि मलेसिया बन्द भएपछि कतार नेपाली कामदारको लागि पहिलो श्रम गन्तव्य मुलुक बनेको छ। यसअघि नेपाली कामदारको पहिलो गन्तव्यमा रहेको मलेसियामा जाने कामदारहरुका लागि लिइने पुर्व  र अन्तिम श्रम स्वीकृति  बन्द भएपछि कतार पहिलो गन्तव्य बनेको हो ।

कतारमा जेठ महिनामा १५ हजार ७ सय ३७ जनाले श्रम स्वीकृति लिएका छन् भने मलेसियाको लागि ८ हजार १ सय ९६ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरेपछि पुर्व श्रम स्वीकृति बन्द गरेको थियो ।

बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठ महिनामा रोजगारीको लागि ४९ हजार २ सय ९९ जना नेपाली कामदार विदेसिएका छन् ।  संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपालीहरु कामको लागि विदेशिएका हुन्। 

विभागका अनुसार जेठ महिनामा संस्थागत श्रम स्वीकृति मार्फत २४ हजार ६ सय १२ जना विदेसिएका छन्  जसमध्ये २३ हजार ८१ पुरुष र १५ सय ३१  महिला छन् । 

घर विदामा आएर श्रम स्वीकृति नविकरण गरि विदेसिनेको संख्या २१ हजार ८ सय ८६ जना रहेको छ जसमध्ये २१ हजार १ सय ३७ पुरुष र ७ सय ४९ महिला छन् ।

त्यस्तै गरि नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएर १ हजार ३२ जना, वैधानीकरण गरेर १ हजार ७ सय ६९ जना विदेशिएका छन् ।

जेठ महिनामा इपिएस मार्फत दक्षिण कोरिया जानेको संख्या भने शुन्य छ। 

वैदेशिक रोजगारीमा संस्थागत रुपमा जानेको संख्या बैशाख  महिनाको तुलनामा फागुनमा ६ हजार ७ सय ८८ ले कमि आएको छ । बैशाख महिनामा ५६ हजार ८७ जना वैदेशिक रोजगारीमा गएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु