2026-09-24 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा आगोले जलेर एक नेपालीको मृत्यु

असार २०, साउदी । रोजगारीको शिलशिलामा साउदी पुगेका रोल्पा कुरेलीका २३ बर्षिय रामचन्द्र पुन मगर आगोमा जलेर उपचारको क्रममा सोमबार निधन भएको छ । काठमाडौ स्थित वाइड होराइजन ओभरसिज म्यानपावरबाट पुन रोजगारीका लागी साउदी अरबको रियाद स्थित साउदी कार्पेट कम्पनिमा गएका थिए ।

उनि साउदी पुगेको ३१ महिना भएको थियो । गत जुन १६ तारिखका दिन कम्पनीको नियमित ड्युटीकै क्रममा मेसिन सफा गर्दा एक्कासि विद्युतीय लाइन सर्ट भएर आगो लाग्दा उनि आगोमा जलेका थिए ।

आगोले जलेका पुनको साउदिको उच्च अस्पताल रियाद केयर हस्पिटलमा उपचारको क्रममा जुलाई २ तारिख सोमबार निधन भएको हो ।अस्पतालमा नियमित उपचारमा रहेका आफन्त खम बहादुर मगर, हुकुम सिंह रोका र कुरेली समाज साउदिका अध्यक्ष सुरेश रोकाका अनुसार राम चन्द्र पुनको उपचारका लागि आबस्यक रगत समेत दिएर पनि उनलाई बचाउन नसकेकोमा स्तब्ध भएको बताएका छन् । मृतक पुनको अप्रेसनको क्रममा ३ जनाले रगत दान समेत गरेका थिए ।

पुनलाई अस्पतालले आइसियुमा राखेर उपचार गरेको थियो तर आगोले अधिक जलेको कारण उपचार असफल भएको हो ।

मृतक पुनको शव नेपाल पठाउन कानुनी पहलको लागि रोजगारी दाता कम्पनीसंग बुझेर छिटो प्रक्रिया चाल्न नेपाली दूतावास रियादका राजदुत डा. महेन्द्र सिंहलाई नेपाली जन प्रगतिशील मंचका महासचिव बाबुलाल बुढाले जानकारी गराइ सकेको पोष्टपाटीलाई बताएका छन।

कम्जोर आर्थिकस्तर भएका रामचन्द्र पुन घर नगएको ३१ महिना भएको थियो । उनि परिवारको सबै भन्दा जेठो सन्तान थिए । घरको सबै आर्थिक भार उनको काँधमा थियो । अविवाहित रामचन्द्र पुनको परिवारमा बाबा वीर बहादुर पुन, आमा सम्जिता पुन र भाइ भुपेन्दर पुन, बहिनी मीना पुन रहेका छन ।

रामचन्द्र पुनको दुखदायी मृत्यु भएपछी कुरेली समाज तथा अन्तर्राष्ट्रिय सम्पर्क मंचका अध्यक्ष रामकृष्ण पुन मगर, साउदिका अध्यक्ष सुरेश रोका, प्रमुख सल्लाहकार हितमान बुढा लगायत कुरेलि समाज परिवारले एक नोट जारी गरि मृतक पुनलाई श्रद्धाञ्जली दिनुको साथै शोकाकुल परिवारलाई समबेदना समेत प्रकट गरेको छ ।

समवेदना:-

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम