2026-09-24 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारीको समस्या समाधान नभएको भन्दै सरकार र संघको चर्को आलोचना (भिडियो सहित)

असार २०,काठमाडौं। बैदेशिक रोजगार व्यवसायीहरुले मलेसिया रोजगारी समस्या छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले आयोजना गरेको व्यवसायी भेला मार्फत हाल मलेसिया रोजगारीमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सरकारले कामदारलाई आर्थिक भार पार्ने मेडिकल संस्था खारेज गर्ने निर्णय गरेसंगै मलेसियाको पुर्व र अन्तिम श्रम स्वीकृति रोकेको थियो । तर म्यानपावर व्यवसायीले त्यसअघि मेडिकल गरेका र भिषा आइसकेका कामदारलाई मलेसिया जान दिनुपर्नेमा जोड दिएका छन्। 

कार्यक्रममा बोल्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बिमल ढकाले हाल सरकारले सबै प्रक्रिया पुरा भएका कामदारको अन्तिम श्रम स्वीकृति रोक्नु जायज नभएको तर्क गरे।  मलेसियाको लागि मेडिकल संस्था खारेज गर्ने निर्णयको व्यवसायीले स्वागत गरेको हो अध्यक्ष ढकाले भने “हाल कामदारले १८ हजार मेडिकलको लागि तिरेसकेका छन् त्यो रकम फिर्ता हुने अवस्था छैन तसर्थ कामदार रोक्नुको औचित्य छैन।” 

सरकारले आवेगमा आएर निर्णय गरेकोले अहिलेको समस्या आएको भन्दै नीतिगत निर्णय गर्नुपूर्व त्यसले पार्ने असर बारे पनि सचेत हुन् उनले सरकारलाई आग्रह गरे । उनले हाल देखिएको मलेसिया समस्या समाधान गर्न नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वको क्षमता नदेखिएको आरोप समेत लगाए।

सङ्घका पुर्व प्रथम उपाध्यक्षमा कुमुद खनालले तत्काल मलेसियन दुतावास मार्फत छलफल आगाडी बढाएर समस्या समाधान गर्न सरकारलाई सुझाव दिए । साथै उनले सरकारले एकतर्फी रुपमा निर्णय गरेर दुई देश विचको दौत्य सम्बन्ध बिगार्ने प्रयास गरेको आरोप लगाए। सरकारले उठाएको विषय सहि भएपनि तरिका ठिक नभएकोले मलेसियामा रहेका कामदारको पनि रोजगारी गुम्ने खतरा रहेको दावी गरे।

लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमका पुर्व अध्यक्ष प्रज्ञान न्यौपानेले गरिब कामदारले मेडिकल लगायत काम गर्न आउन जान २५ देखि ३० हजार खर्च गरिसकेकोले तिनीहरुलाई रोक्नु उचित नभएको तर्क गरे । सरकारले मलेसिया समस्या समाधानको लागि तत्काल निर्णय नगरे नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको रोजगारी नै गुम्ने अवस्था आउने उनले दावी गरे ।

लोकतान्त्रिक फोरमका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकालले मलेसिया रोजगारीको लागि कामदारको खर्च भैइसकेकाले तिनीहरुलाई रोक्नु न्यायोचित नभएको तर्क गरे। सम्पूर्ण प्रक्रिया पुरा गरेका कामदारहरुको पक्षमा तत्काल सरकारले पहल कदमी लिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बिभिन्न म्यानपावर व्यवसायीहरुले आफ्नो बिषय राखेका थिए ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई