2026-10-15 08:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको भिषा आएर पनि जान नपाएकाहरुको बिषयमा १/२ दिनमा निर्णय आउँदै

मनोज पराजुली | असार २१, काठमाडौं । मलेसिया जानको लागि मेडिकल गरि भिषा आएर अन्तिम श्रम स्वीकृति लिन नपाएका कामदारको बारे केहि दिनमा निर्णय हुन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मलेसिया जानको लागि मेडिकल गरि भिषा लागिसकेका कामदारको हकमा एक दुई दिनमा थप निर्णय आउन सक्ने मन्त्रालयका सचिव महेश प्रसाद दाहालले जानकारी दिए ।

हाल १३ सय ६६ जना कामदार मेडिकल गरि भिषा लगाएर अन्तिम श्रम स्वीकृतिको प्रतिक्षामा रहेका छन् ।

मेडिकल पश्चात  भिषा लागिसकेका कामदारको हकमा केहि निर्णय आउन सक्ने भएपनि अन्यको हकमा अझै केहि समय लाग्ने उनले बताए । सरकारले भिएलएन, जिएसजी, ओएसजी, माइग्राम जस्ता संस्था खारेज गरि श्रम स्वीकृति रोकेको बारे मलेसिया सरकारलाई पठाएको पत्रको हालसम्म औपचारिक रुपमा कुनै प्रतिक्रिया प्राप्त नभएको सचिव दाहालले बताए ।

संघले थाल्यो पहल 

यसै विच नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारी समस्या समाधानको लागि पहल शुरु गरेको छ । 

संघको प्रतिनिधिको रुपमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंचका महासचिव डिकबहादुर खत्रीलाई मलेसियामा पठाएर पहल शुरु गरेको हो ।

हाल केहि म्यानपावर व्यवसायीले नै मलेसिया समस्या समाधानको लागि संघले पहल नगरेको आरोप लगाउंदै आएका छन् ।

नेपाली कामदार आउन छाडेको भन्ने गुनासो मलेसियाका रोजगारदाता कम्पनीबाट म्यानपावर कम्पनीमा आउन थालेपछि बास्तविक अवस्थाबारे जानकारी गराउन संघले आफ्नो प्रतिनिधि मलेसिया पठाएको नेपाल बैदेशिक रोजगार व्यवसायीका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।  

भिषा प्रशोधन र स्टाम्पिङ्गको काम भिएलएन, जिएसजी, ओएसजी, माइग्राम बेगर नै सुरु गर्न मलेसिया सेक्युरिटी संघ र एफ. एम .एम लाई संघका प्रतिनिधि मार्फत अनुरोध गरिएको संघका अध्यक्ष गुरुङले बताए ।

मलेसिया सरकारले कामदार आपूर्तिका लागि नयाँ प्रणाली लागू नगरेसम्म मलेसियामा कामदार पठाउने पक्षमा बैदेशिक रोजगार व्यवसायी संघ नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु