2026-10-15 08:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूलो रकमको नगद र चेकसहित पाँचजना हुण्डी कारोवार गर्नेहरु पक्राउ

साउन ७, काठमाडौं । महानगरीय अपराध महाशाखाले ठूलो रकमसहित पाँचजना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । 

गैरकानुनी हुण्डी कारोवार गरेको सूचनाका आधारमा महाशाखाले काठमाठौंको न्यूरोड र कुलेश्वरका विभिन्न स्थानबाट सोमबार उनीहरूलार्इ पक्राउ गरेको  हो । 

पक्राउ पर्नेमा भारतको दिल्ली घर भइ काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने फलफूल व्यापारी ४५ वर्षे विजय गुप्ता, ललितपुरको महालक्ष्मी नगरपालिका-९ का २३ वर्षे दीपक श्रेष्ठ (सहकारीका कर्मचारी), चितवन खैरेनी नगरपालिका-१० शान्तिवजार घर भइ काठमाडौं महानगरपालिकाको बाफलमा बस्ने २९ वर्षे संजित पाण्डे रहेका छन् ।

यस्तै भारत घर भइ काठमाडौंको चाहाचल बस्ने २९ वर्षे व्यापारी अंकित अग्रवाल र काठमाडौंको पुतली सडक बस्ने धनकुटाको महालक्ष्मी नगरपालिका-३ का पुजन छाला जिमीलार्इ अपराध महाशालाले पक्राउ गरेको छ ।

उनीहरू पाँचजनाको साथबाट प्रहरीले ५३ लाख १९ हजार ६७५ रूपैयाँ नगद र २३ लाख १३ हजार चेक रकम बरामद गरेको छ ।

पक्राउ परेका सबैलार्इ प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने अपराध महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु