2026-09-24 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको श्रम सम्झौता परिमार्जनसम्बन्धी छलफल

साउन ९, काठमाडौँ | यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएइका राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ । 

मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ । 

यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट प्रणालीलाई पारदर्शी बनाउन र अनावश्यक मध्यस्थकर्ताको उपस्थितिको कारण अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त गर्दै श्रमिकसम्बन्धी समस्यालाई सहज समाधान गर्न दुवै देशका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरी कार्य सञ्चालन हुनसकेमा श्रमिक आदानप्रदानलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने मन्त्री विष्टले बताउनुभयो । 

यूएइको माग र आवश्यकताअनुरुप नेपालमा दक्ष जनशक्तिको उत्पादन एवं जनशक्तिको आपूर्तिका सम्भावनाबारे आगामी दिनमा सघनरुपमा द्विपक्षीय छलफल गरी उपयुक्त विधि र पद्धति अवलम्बन गर्न उपयुक्त हुने उहाँले स्पष्ट पार्नुभयो । 

यूएइमा डाक्टर, इञ्जिनियर, नर्सलगायतका दक्ष जनशक्तिका लागि उच्च पारिश्रमिकको अवसर रहेको राजदूत न्यावीले बताउनुभयो । भेटमा उहाँले गन्तव्य मुलुकको आवश्यकताअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न र नेपाली श्रमिकको उत्पादकत्व अभिवृद्धि गरी स्वदेशमा नै स्वरोजगारीका अवसर वृद्धि गर्ने मन्त्रालयको प्राथमिकतामा यूएइ सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य रहनेसमेत आश्वस्त पार्नुभयो । 

सो अवसरमा नेपाली श्रमिकका लागि यूएइमा रोजगारीका थप अवसरको सम्भावना, दुई मुलुकबीचको श्रम सम्बन्धमा हुनुपर्ने सुधारका क्षेत्र तथा यूएइमा रहेका नेपाली श्रमिकको व्यावसायिक सुरक्षालगायतका विषयमा छलफल भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन