2026-10-15 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदार नपठाउने निर्णय पुनर्विचार गर्न नेपाललाई मलेसियाको आग्रह

 काठमाडौ । मलेसियाले आफ्ना कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाललाई आग्रह गरेको छ । 

नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले कामदारलाई मार परेको समस्या समाधानका लागि मलेसिया सरकारले पहल गर्ने भन्दै निर्णय पुनर्विचार गर्न नेपाललाई आग्रह गरेका हुन् । उनले  मलेसियाका धेरै उद्योग विदेशी कामदारमै निर्भर रहेको भन्दै कामदार पठाउने देशको यस्तो निर्णयले मलेसियाको प्रगतिमै असर पर्ने बताए । 

नेपालले मलेसिया जाने नेपाली कामदारको भिसा प्रक्रिया र स्वास्थ्य जाँचमा रहेको सिण्डिकेट तोड्दै मलेसियाले विकल्प नदिएसम्म कामदार पठाउन नसक्ने भन्दै रोक लगाएपछि मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरनले त्यसको पनि विकल्प खोजिरहेको बताएको स्थानीय द स्टार अनलाइनले उल्लेख गरेको छ । 

मन्त्री कुलाशेगरनले तेस्रो पक्षीय कम्पनीले एकतर्फी रुपमा कामदारलाई अनावश्यक रुपमा रकम असुलेको बारेमा मलेसियाको सरकार जानकार रहेको पनि उल्लेख गरेका छन् । यो निर्णय अघिल्लो सरकारकै पालामा भएको भन्दै यसलाई हटाउन पहल गर्ने बताए ।

समस्या समाधानका  लागि दुई हप्तादेखि नेपाली पक्षसँग कुराकानी भइरहेको भन्दै उहाँले सोमबार यसमा फेरि नेपाली पक्षसँग छलफल गरिने पनि बताए । उनले  मलेसियामा नेपाली कामदारले देखाएको बहादुरी र इमान्दारिताको प्रशंसा गर्दै पछिल्लो समय देखिएको समस्या समाधान गर्न दुई देशका सरकारबीच सम्झाता गरेर अर्थात जी टु जी प्रणालीमार्फत कामदार ल्याउने व्यवस्था गर्ने द स्टार अनलाइनमा खबर छ । 

मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानुनी रुपमा रकम लिएर ठगेको भन्दै सरकारले मलेसिया जान रोक लगाएको छ । तर जेठ २ गतेसम्म प्रक्रिया पूरा गरेका कामदारलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिने निर्णय भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु