2026-10-15 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ करोड धरौटीको विरोध गर्दै म्यानपावर व्यवसायीले सरकारलाई लाइसेन्स बुझाउने

मनोज पराजुली,साउन १५, काठमाडौ। सरकारले म्यानपावर कम्पनीको धरौटी बढाएर ६ करोड पुर्याउने तयारी गरेपछि म्यानपावर व्यवसायीले ‘लाइसेन्स’ सरकारलाई नै बुझाउने तयारी गरेका छन् । बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट नै  निर्णय गरेर म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ सरकारलाई नै बुझाउन तयार हुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए। 

व्यवसायीले ६ करोड लगानी गरेर १० हजार सेवा शुल्कमा घरखेत राखेर, ऋण खोजेर पैसा राखेर म्यानपावर संचालन गर्न नसकिने अवस्था आएकोले सरकालाई व्यवसायको लाइसेन्स बुझाउने तयारी गरिएको उनले बताए ।

संघले श्रम मन्त्री विष्टलाई धरौटी नबढाई बैदेशिक रोजगारलाई व्यवस्थित गर्ने उपायबारे गत सोमबार सुझाव दिएको थियो तर सो विपरित बैदेशिक रोजगार ऐन २०६४ संसोधन हुन लागेपछि व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । ६ करोड रुपैयाँ धरौटी पुर्‍याइए म्यानपावर व्यवसाय संचालन गर्न सकिने अवस्था रहँदैन गुरुङले भने “सरकारी एकलौटी ढंगले धरौटी बढाइए व्यवसायीले म्यानपावर बन्द गर्छौं त्यसको परिणाम सरकारले व्यहोर्नुपर्छ।’ 

गुरुङले लाइसेन्स बुझाएर म्यानपावर मार्फत विदेश गएका लगभग १५ लाख कामदारको कामदारको करार अवधि २/३ वर्षको तलव भत्ताको जिम्मा सरकारले नै लिन आग्रह गरेका छन् । हाल म्यानपावर कम्पनीमा कार्यरत १ लाख २० हजार कामदारको जिम्मा पनि सरकारले नै लिनुपर्ने उनको भनाई छ । देश विदेशमा व्यवसायीले गरेका लगानीको क्षतिपूर्ति पनि सरकारले दिनु पर्ने उनले माग गरेका छन् ।

सरकारले धरौटी बढाउनुको कारण हाल धेरै म्यानपावर कम्पनी भएका कारण अनुगमन गर्न गाह्रो भएको र ठगी गर्ने म्यानपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन नसकिने तर्क गर्दै आएको छ । तर संघले भने म्यानपावर कम्पनीको संख्या कम गर्न एकै व्यक्तिको नाममा एक भन्दा बढी संख्यामा इजाजतपत्र प्रदान नगर्ने व्यवस्था ऐन/ नियमावलीमै गर्न सुझाव दिएको छ। साथै लगातार २ आर्थिक वर्ष एक सय भन्दा कम कामदार वैदेशिक रोजगारीमा पठाउने संस्थाको संस्था नवीकरण नगर्न पनि सुझाव दिएको छ। सोहि अनुरुप गत आर्थिक वर्षमा कुल १ हजार ७२ म्यानपावर कम्पनीले कामदार विदेश पठाएका मध्ये ४ सय १२ वटा म्यानपावर कम्पनीले १ सय भन्दा कम कामदार विदेश पठाएका छन्। 

संघले विगत ५ वर्षको तथ्यांकलाई आधार बनाउंदै हालको धरौटी नपुग भई कुनै कामदार पीडित भएको नपाइएको भन्दै धरौटी रकम धेरै राख्दैमा बैदेशिक रोजगार व्यवस्थित नहुने सुझाव समेत दिएको छ। साथै संघले श्रम गन्तव्य मुलुकसंग श्रम संझौता गरि कामदार पठाउने र फ्री भिषा फ्री टिकटको व्यवस्था पनि पुनरावलोकन गर्न सुझाव संघले दिएको छ ।

 सरकारको विकल्प मर्जर 

सरकारले म्यानपावर कम्पनीहरुको धरौटी बढाएर मर्ज मा जान सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ । धरौटी रकम बढाउन नसक्नेलाई मर्जका लागि तीन महिनाको समय दिन लागिएको स्रोतले जनाएको छ। हाल म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु