2026-10-15 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा नेपाली कामदारको कोटा थप्न श्रम मन्त्री विष्टको आग्रह

साउन २१,काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्टले दक्षिण कोरियालाई नेपाललाई दिईंदै आएको कामदारको कोटा थप्न आग्रह गरेका छन् । उनले कोरियाको रोजगारी नेपालीका लागि आकर्षक रहेको भन्दै कोरिया सरकारलाई कामदारको संख्या थप्न आग्रह गरेका हुन् ।

मन्त्री विष्टले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क युङसिकसँगको भेटमा कोरियामा कार्यरत नेपाली कामदारहरुलाई देखा परेको निराशा र आत्माहत्याको समस्या न्यूनिकरण गर्न कामदारको आफन्तलाई भेटघाटको अवसर प्रदान गर्न समेत आग्रह गरे ।

मन्त्री विष्टले कोरिया जाने कामदारलाई त्यहाँको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरु वीच समन्वय गरिने प्रतिवद्धता जनाए । संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा समेत मन्त्री विष्टले व्यक्त गरे ।

राजदूत युङसिकले श्रम सम्बन्ध, वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा श्रम मन्त्रालयले चालेका कदमहरुको प्रशंसा गर्दै शुभकामना दिए । उनले नेपाली कामदार ईमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने बताए । कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाईसकिएको र केहि कामदारका आफन्तहरुले भेटघाट गरेर आईसकेको व्यहोरा समेत अवगत गराए । यसैगरी प्रतिष्ठानस्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु