2026-10-15 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पासपोर्ट सम्बन्धि नयाँ व्यवस्था: बैदेशिक रोजगारीका नाममा होल्ड गरे तीन वर्षसम्म कैद

साउन २४, काठमाडौं | सरकारले पासपोर्ट (राहदानी) सम्बन्धी नयाँ व्यवस्था सहितको विधेयक संसद सचिवालयमा पेस गरेको छ । 

यो विधेयक पास भएमा विना कारण कुनैपनि व्यक्तिको पासपोर्ट होल्ड गर्ने वा बैदेशिक रोजगारीको नाममा आफ्नो नियन्त्रणमा राख्नेलाई तीन वर्षसम्म कैदको सजाय हुने भएको छ । सरकारले दर्ता गरेको नयाँ विधेयकमा कसैको राहदानी विना कारण नियन्त्रणमा राखे त्यस्तो व्यक्ति वा संस्थालाई दुई लाखदेखि पाँच लाखसम्म जरिवाना र एक वर्षदेखि तीन वर्षसम्मको कैद अथवा दुवै सजाय गर्न सकिने प्राबधान छ ।

नयाँ व्यवस्था स्वीकृत भएमा यस विधेयकको पहिलो निशानामा बैदेशिक रोजगारीमा पठाउने संस्था वा व्यक्तिनै पर्नेछन । वैदेशिक रोजगारीमा पठाउने नाममा ३/४ महिनादेखि पासपोर्ट लिएर झुलाउने, आफ्नो अनुमति बिना विदेश तथा त्यहाँका कम्पनीहरुमा भिषा लगाइदिने र जान नमाने रकम माग्ने वा पासपोर्टनै होल्ड गरिदिने जस्ता कामहरु भएका छन् । नयाँ व्यवस्थाले अव त्यस्ता काम गर्ने संस्था तथा व्यक्तिलाई कारवाही हुनेछ । साथै यदी कसैले लामो समयसम्म आफ्नो पासपोर्ट होल्ड गरेर कुनै पनि बहानामा दु:ख दिएमा वा बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै झुलाउने तर पासपोर्ट नदिएको खण्डमा त्यस्ता विरुद्ध उजुरी गर्न पाइनेछ । 

साथै संसद सचिवालयमा दर्ता भएको विधेयकमा पासपोर्टको वहाल अवधि बाँकी रहेको अवस्था पनि नयाँ पासपोर्ट बनाउन सकिने व्यवस्था ल्याईएको छ । साथै विदेश यात्राका क्रममा पासपोर्टको पानाहरुमा भीषा तथा आगमन र प्रस्थानको छापले भरिएको अवस्था छ भने नयाँ पासपोर्ट जारी गरिने कुरा पनि उल्लेख छ । यसै गरि विधेयकमा पानीजहाजमा काम गर्न जाने नेपालीका लागि सिम्यान्स पासपोर्टको व्यवस्था समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु