2026-10-15 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहयोग गर्न ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना

साउन २८, काठमाडौँ (रासस) | वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको छ । 

देश विकासमा ती श्रमिकलाई संस्थामा आबद्ध गरी विभिन्न उत्पादनशील क्षेत्रमा सामूहिक लगानी गरी रोजगारी सिर्जना गर्ने योजना छ । यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘रिटर्नी माइग्रेन्ट नेपाल’ का अध्यक्ष उत्तम अधिकारीले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी वैदेशिक रोजगारीबाट फकिएका नेपालीका सामाजिक हित संरक्षणको क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सरकारले चालू आवको बजेटमा ‘वैदेशिक रोजगारबाट फर्केकालाई परियोजनाका आधारमा रु १० लाखसम्म ऋण उपलब्ध गराइने’ घोषणा गरेकाले त्यसलाई चाँडो कार्यान्वयन गराउन पहल गर्ने संस्थाले जनाएको छ । 

पुनः विदेश नफर्कने गरी स्वदेश फर्किएका श्रमिकको तथ्याङ्क संकलन गरी उनीहरुलाई परियोजनामार्फत क्रियाशील गरेर मुलुकको समृद्धिमा उपयोग गरिने छ । प्रवासी श्रमिकसँग सेवा प्रदायक क्षेत्रको अनुभव धेरै भएको हुँदा पर्यटन, ऊर्जा, व्यापारलगायत क्षेत्रमा उनीहरुको पूँजीलाई प्रयोग गरिने छ । 

सरकारको मातहतमा रहेका रुग्ण तथा बन्द उद्योग सञ्चालनका लागि श्रमिकको लगानीलाई प्रयोग गर्ने वातावरण मिलाउन सरकारलाई संस्थाले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु