2026-10-15 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी निष्कर्ष: वैदेशिक रोजगारीमा सबै देशसँग जीटूजी असम्भव

साउन २८, काठमाडौं । उदयराज पाण्डे नेतृत्वको सरकारी कार्यदलले वैदेशिक रोजगारीमा म्यानपावर व्यवसायीलाई पूर्ण रुपमा अलग नगर्न सुझाव दिएको छ । 

दक्षिण कोरियासँग अपनाइएको ईपीएस जस्तो जीटूजी मोडालिटी सबै देशमा सम्भव नभएको भन्दै कार्यदलले म्यानपावर व्यवसायीले एजेन्टहरुमार्फत नभई रोजगारदाता कम्पनीबाट सोझै मागपत्र ल्याई श्रमिक पठाउने व्यवस्था गर्न सुझाएको छ ।

हाल अपवाद बाहेक सबै नेपाली श्रमिकहरु वैदेशिक रोजगार कम्पनी र एजेन्टहरुको सहयोगमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । एजेन्टहरुमार्फत मागपत्र ल्याउन समेत अस्वस्थ प्रतिस्पर्धा समेत हुने गरेको छ । त्यसरी जानेहरुमध्ये धेरै समस्यामा पर्ने गरेका छन् । जबकी सरकार आफै संलग्न भएको जीटूजी मोडलबाट कोरिया र इजरायल गएका श्रमिकहरुको अवस्था भने तुलनात्मक रुपमा राम्रो देखिएको छ ।

त्यसैले वैदेशिक रोजगारीमा निजी व्यवसायीलाई संलग्न नै नगराई जीटूजी लागू गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ ।

तर, पूर्वराजदूत समेत रहेका पाण्डे नेतृत्वको कार्यदलले भने सरकारले नै श्रमिक भर्ना लगायतका सबै काम गर्न व्यवहारिक नहुने बताएको छ ।

म्यानपावर व्यवसायीको क्रियाकलापलाई प्रभावकारी अनुगमन र नियमन गर्ने सुनिश्चित गरेर श्रमिक भर्ना र रोजगारी दिने काममा निजी व्यवसायलाई संलग्न गराउन सकिने बताएको छ । ‘नेपालले मात्रै चाहेर गन्तव्य मुलुकसँग इपीएस जस्तो मोडालिटीमा जीटूजी सम्भव नहुन सक्छ’ कार्यदलले भनेको छ ।

सरकारी तहबाटै भर्ना लगायतका प्रक्रिया व्यवस्थापन गर्न सम्भव भएका मुलुकहरुका हकमा जी टू जी गर्न सकिने उसले बताएको छ । यो प्रक्रियामा पनि श्रमिकहरुको अधिकार संरक्षण र उनीहरुमाथि आर्थिक भार पर्न नहुने कार्यदलको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु