2026-10-15 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर धरौटी: व्यवसायीमै एकता छैन, १२२० म्यानपावर तीन तिर !

अनिल अधिकारी | साउन २९, काठमाडौँ | म्यानपावरको धरौटी वृद्धिको बिषयलाई लिएर बैदेशिक रोजगार व्यावसायको भविष्य कता जाला भन्नेमा प्रश्न चिन्ह खडा भएको अवस्थामा धरौटी वृद्धिमा म्यानपावर व्यवसायीहरुले आ-आफ्नै पक्ष समातेका छन् | अधिकांश म्यानपावर व्यवसायी धरौटी वृद्धिको विरोधमा रहेपनि ठूला म्यानपावर र संघमा जिम्मेवार पदमा बसेका म्यानपावर व्यवसायीहरुको कारण धरौटी २ करोड भन्दा बढी पुग्ने निश्चित भएको छ | धरौटी वृद्धि ठूला म्यानपावर व्यवसायीलाई अवसर बनेको र सानालाई चुनौती बनेको कारण यसमा व्यवसायीहरुमा तीन छुट्टा-छुट्टै वर्गसंघर्ष सुरु भएको छ |

केहि दिन अघि धरौटीको बिषयलाई लिएर हात हालाहाल भएको स्थिति र त्यसै भेलाबाट ३० लाख भन्दा एक रुपयाँ पनि धरौटी बढाउन नदिने निर्णय गरिएकोमा एकाएक संघ र केहि म्यानपावर व्यवसायीहरुले १ करोड बैंक ग्यारेन्टी र १ करोड नगद धरौटीको प्रस्ताव श्रममन्त्री समक्ष राखेपछि व्यवसायीमै एकता नरहेको र संघले नै अधिकांश व्यवसायीको भावना बिपरित निर्णय लिएको स्पष्ट बुझिएको छ | पछिल्लो स्थिति हेर्दा झन्डै बैदेशिक रोजगार बिभागमा दर्तामा रहेका १४१७ म्यानपावर कम्पनीमा १९७ म्यानपावर ब्लक भई खारेजीको चरणमा छन् | यसरी हेर्दा १२२० म्यानपावर कम्पनीहरु अहिले संचालनमा छन् | चालु म्यानपावरहरुको अवस्थालाई आंकलन गर्दा १२२० म्यानपावर मध्ये  झन्डै २५ देखि ३५ ठूला म्यानपावरले अहिले सरकारले ल्याएको २ करोड नगद र ४ करोडको बैंक ग्यारेन्टीको प्रस्तावलाई समेत स्वीकार गर्ने अवस्थामा रहेको बुझिएको छ | यस्ता म्यानपावरहरुको पहुँच उच्च राजनीतिक नेतासम्म रहेकाले उनीहरुकै सल्लाहमा सरकारले धरौटी बढाउन लागेको साना म्यानपावर व्यवसायीहरुको आरोप छ | त्यस्तै झन्डै ३०० जति म्यानपावरले १ करोडको नगद धरौटीलाई स्वीकार गर्ने स्थितिमा रहेको आंकलन गरिएको छ | यस बाहेक ८५० भन्दा बढी म्यानपावर कम्पनी भने हालको ३० लाख भन्दा बढी धरौटी बढाउन नहुने पक्षमा छन् | यिनै व्यवसायीमा पछिल्लो घटनाक्रमले बढी निराशा उत्पन्न गराएको छ | 

झन्डै दुई-तिहाई म्यानपावर व्यवसायीहरु धरौटीको विपक्षमा रहेको कारण यस अघिको भेलाले धरौटी रकम बढाउन नदिने र सरकारले जबर्जस्ति बढाए आफ्नो इजाजत पत्रनै बुझाएर आन्दोलन गर्ने निर्णय गरेको थियो | तर एकाएक संघले सोमबार मन्त्री विष्टलाई कुल २ करोडको धरौटिको प्रस्ताव गरेपछि म्यानपावर व्यवसायीहरुबीच अब भेला भए कुटाकुटको अवस्था आउनसक्ने देखिएको छ | यस अघिको भेलामा पनि व्यवसायीहरुबीच हात हालाहालको स्थिति पैदा भएको थियो |

आक्रोशित केहि व्यवसायीहरुले हालको संघनै खारेज गरेर धरौटी वृद्धिको चर्को बिरोध तथा आन्दोलन गर्नुपर्ने बताएका छन् | श्रम मन्त्रीलाई सोमबार २ करोडको धरौटीको लगि सुझाव दिने संघका पदाधिकारी र उक्त सुझावपत्रमा हस्ताक्षर गर्नेहरु प्रति साना व्यवसायी आक्रोशित भएका छन् | सोमबार श्रममन्त्रीलाई भेटेर सुझाव पत्र बुझाउने टोलीमा बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ सहित बिष्णु गैरे, भुवन विक्रम घिमिरे, चित्रगुप्त सावाँ लिम्बु, तिर्थ बहादुर गुरुङ, खड्ग सिंह आले, ओम बहादुर विश्वकर्मा, टंक बहादुर घिसिङ, मज्लुम मियाँ, योगेन्द्र बहादुर राई, शितल यादव, हरि बहादुर पाण्डे, नवराज केसी, किसन प्रधान, तारानाथ अर्याल, नरेन्द्र प्रसाद ढकाल, भगिरथ राई, पार्वती खड्का, शम्सेर बहादुर गुरुङ, बाबुलाल मगर, बिनोदजंग केसी, सन्त बहादुर राई, भाष्कर राज पन्त, दोर्जे शेर्पा, तिला प्रसाद काप्री र मोहन बहादुर श्यांग्बाको नाम छ | त्यसोत सोमबार मन्त्रीसँगको छलफलमा संघका पुर्व अध्यक्ष विमल ढकालको पनि उपस्थिति रहेको थियो | भेटघाटपछी छलफलमा गएका केहि व्यवसायीले आफूहरुलाई फसाउने काम भएको बताएका छन् | केहिले सुझावमा २ करोडको सुझाव छ भन्ने समेत जानकारी नभई छलफलमा गएको बताएका छन् |

सोमबार बेलुकाको भेलापछी म्यानपावर व्यवसायमै तरंग पैदा भएको छ भने अधिकांश म्यानपावर व्यवसायीहरु आत्तिएका छन् | संघले नै २ करोडको प्रस्ताव टेवल गरेपछि धरौटी निश्चित बढ्ने बुझेर अधिकांश व्यवसायीहरु आक्रोशित बनेका छन् | सोमबार व्यवसायीसँगको छलफलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले म्यानपावर कम्पनीको धरौटी २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी सहित ६ करोड पुर्याउने प्रस्ताव संसदको क्षेत्राधिकारमा प्रवेश गरिसकेको भन्दै परिवर्तन नहुने अडान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु