2026-10-15 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई ‘व्यवस्थापन बोर्ड’ बनाइँदै

भदौ ७, काठमाडौं । सरकारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाम परिवर्तन गर्ने भएको छ ।  बोर्डको नाम परिवर्तन गरि ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राखिने श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले जानकारी दिए ।

संसदको उद्योग वाणिज्य उपभोक्ता तथा श्रम समितिमा बोल्दै मन्त्री बिष्टले अब सरकारको काम वैदेशिक रोजगार प्रवर्द्धन गर्नु नरहेको स्पष्ट पारे । उनले आन्तरिक रोजगारीमा युवालाई आवद्ध गर्दै देश भित्रै सम्मान जनक रुपमा श्रम गर्ने वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको बताए । 

सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न काम सुरु गरिसकेको छ । अब वैदेशिक रोजगारीको प्रवर्द्धन नभई व्यवस्थापन मात्रै गर्ने हो। त्यसअनुसार बोर्डको नाम नै फेर्न प्रस्ताव गरेको छु मन्त्री विष्टले भने ”बोर्डको काम र भूमिकालाई थप प्रभावकारी बनाउन श्रम मन्त्रालयले काम गरिरहेको छ।”  

बैदेशिक रोजगारीमा जाने कामदारले आवश्यक सिप नहुँदा कम शुल्कमा काम गर्नुपरेको भन्दै मन्त्री विष्टले अब नेपाली कामदारले अनिवार्य रुपमा सीप लिएर मात्र विदेश जाने वातावरण बनाउन सरकार लागि परेको बताए। 

प्रवर्द्धन बोर्डले हाल वैदेशिक रोजगारीमा ज्यान गुमाएकाका परिवार र अंगभंग भएकाहरुलाई क्षतिपूर्ति दिलाउने लगायतका काम गरिरहेको छ । उसले वैदेशिक रोजगार गन्तब्यहरुको प्रवर्द्धन र वैदेशिक रोजगारीबारे सचेतना फैलाउनेको पनि जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु