2026-10-15 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्ल्ड नेटवर्क ओभरसिजद्वारा नक्कली डिमाण्ड देखाई दर्जनौं युवाहरुको लाखौँ ठगि

मनोज पराजुली | भदौ १४, काठमाडौं | वर्ल्ड नेटवर्क ओभरसिज प्रा.लि.ले नक्कली डिमाण्ड देखाएर दर्जनौं युवाहरुलाई ठगी गरिरहेको पाइएको छ । सामाखुसी रानीबारीमा रहेको वर्ल्ड नेटवर्कले सेल्स लगायत विभिन्न कामको लागि दुवई पठाइदिने भन्दै युवाहरुबाट अग्रिम रकम असुली धन्दा चलाईरहेको साझा सबाललाई प्रमाण सहित जानकारी प्राप्त भएको छ । 


वर्ल्ड नेटवर्कले नक्कली डिमाण्डकै आधारमा १७ जनाबाट जनही ५० हजारका दरले र एक जनाबाट ३० हजार रकम लिएको पीडितहरुले जानकारी दिएका छन् । म्यानपावरले ‘जनही जम्मा लागत २ लाख हो, शुरुमा ५० हजार दिनुस्, बाँकि पछि लिउँला’ भन्दै म्यानपावरले ठगी गरेको एक पीडितले जानकारी दिए । 

माथिको तश्विरमा: पुर्व स्वीकृतिनै नभई ३ बर्ष अघिको डिमाण्ड देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै ३० हजार अग्रिम लिएको प्रमाण । नेपाल सरकारको नीति अनुसार वैदेशिक रोजगारीमा जान खाडीका ६ सहित मलेसियाको लागि १०,००० मात्र तिर्नुपर्ने नियम छ । त्यसै नीतिको कारण म्यानपावरहरुले १० हजारभन्दा बढी पैसा तिरेको रसिदनै दिंदैनन् दिएपनि यसरी एउटा चिट बनाएर दिने गरेका छन् । अझ अधिकांस म्यानपावरले यस्तो चिट पनि नदिई नगद बुझ्ने गरेका छन् ।

पीडितले दिएको गुनासोलाई आधार मानि साझा सबालले समबन्धित म्यानपावरसंग सम्पर्क गर्दा एजेन्टबाट आएका कामदारहरुसंग अग्रिम पैसा लिएको एक कर्मचारीले स्वीकार गरेका छन् । उनले १८ जनामध्ये ८/ ९ जनाबाट ५० हजार नभई १०/१५ हजार मात्र लिएको दावी गरेका छन् । यधपी साझा सवालले ध्यानाकर्षण गराएपछी यो समाचार तयार गर्दासम्म एक कामदारबाट अग्रिम रुपमा लिएको ३० हजार रकम फिर्ता गरेका छन् भने अन्य युवाहरुको पनि पैसा फिर्ता गर्ने ती कर्मचारीले प्रतिवद्धता जनाएका छन् ।  

यस म्यानपावरले बैदेशिक रोजगार विभागबाट डिमाण्डको पुर्व स्वीकृति नै नलिई विदेश पठाउने भन्दै एजेन्ट मार्फत कामदार जम्मा गरेर पैसा अशुल गरिरहेको पाइएको हो । अन्तर्वार्ता हुने भनेका थियौं, अब अन्तर्वार्ता नहुने भयो, तपाईहरुको एकैचोटी भिषा आउँछ, त्यसको लागि अग्रिम ५० हजार चाहियो, भन्दै म्यानपावरले पैसा लिएको पीडितले बताएका छन् । वर्ल्ड नेटवर्क म्यानपावरले लिंक स्टार म्यानपावर, सामाखुसीमा ३ वर्ष अघि आएको पुरानो डिमाण्डको एलटि नम्बर देखाएर युवाहरुबाट ठगि गरेको भेटिएको छ । 

माथिको तश्विरमा: ३ बर्ष अघि पुर्व स्वीकृति निस्किएको LT नम्बर 124639 (बायाँ), यही पेपरको आधारमा वैदेशिक रोजगारीमा पठाउने भन्दै अशुली (दायाँ)। 

त्यसो त पछील्लो समय काठमाडौँमा संचालित बिभिन्न म्यानपावर कम्पनीले श्रम बिभागबाट पुर्व-स्वीकृति लिनु अगावै अन्तर्वार्ता लिएर कामदारहरुसँग अग्रिम पैसा अशुल्ने गरेको धेरै गुनासा हामीलाई प्राप्त भएका छन् । बिशेष गरि पोल्याण्ड पठाउने भन्दै ५० देखि १ लाखसम्म अग्रिम अशुली गरेका गुनासाहरु धेरै आउने गरेका छन् ।

पछिल्लो समय बैदेशिक रोजगारीको नाममा हुँदै आएका बिभिन्न ठगिको सन्दर्भमा [email protected] मार्फत दैनिक दर्जनौं इमेल तथा प्रमाण सहितका सामग्रीहरु आउन थालेपछि साझासवाल मिडियाले आजदेखि यससम्बन्धि दैनिक वा दिन बिराएर म्यानपावर कर्तुत र वैदेशिक रोजगारीमा भएको बेथितिको शृंखलानै सुरु गरेको छ । 

भोलिको शृंखला:

डिमाण्ड पूर्व स्वीकृति लिनु अगावै कामदार छनोट गर्दै यी म्यानपावर… प्रतिक्षा गर्नुहोला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु