2026-10-15 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँ विदेश हुनुहुन्छ र साथमा पैसा छ ? त्यसो भए तत्काल घर पठाउनुहोस्, यस्ता छन् फाइदै फाइदा

भदौ १६, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले घरमा पैसा पठाउदै हुनुहुन्छ भने पैसा पठाउने यो समय निकै नै उपयुक्त समय हो । किनभने यतिबेला अहिले अमेरिकी डलरको भाउ बढेको बढिरहेको छ ।

शुक्रबार अमेरिकी १ डलरको नेपाली मुल्य १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ ।

यसअघि बिहीबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको थियो । नेपालमा गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो, त्यसपछि डलर झनै बढ्दै गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढे संगै भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । डलरको भाउ बढ्दा अर्थतन्त्रका अरु क्षेत्रमा असर परे पनि रेमिट्यान्समा भने फाइदा पुग्छ ।

डलरको भाउ १ सय १० रुपैयाँ हुँदा विदेशबाट १ डलर रेमिट्यान्स पठाउँदा नेपालीले १ सय १० रुपैयाँ पाउँथे भने अहिले विदेशबाट १ डलर पठाउँदा १ सय १३ रुपैयाँको हाराहारीमा पैसा पाउनेछन् ।

दसैँमा भन्दा अहिले पठाउँदा राम्रो

विदेशमा बस्ने धेरैजसो नेपालीले दसैँ खर्च भनेर पैसा जम्मा गर्ने गर्छन् । डलरको भाउ बढेको कारण दसैँको लागि जम्मा गरेर राखेको पैसा अहिले पठाउँदा राम्रो हुन्छ । तर धेरैजसो नेपालीले यो समयमा पैसा पठाउदैनन् । 

नेपालीहरु प्रायजसो दसैँ, तिहारका समयमा पैसा पठाउने गर्छन् । तर डलरको भाउ बढेकाले युएई र अरु खाडीमा रहेका नेपालीले यो समयमा घरमा पैसा पठाउँदा फाइदा धेरै फाइदा हुन्छ।

अरु देशका पैसाको पनि भाउ बढ्यो

अहिले अमेरिकी डलरको भाउ बढेसँगै अरु देशका पैसाको भाउ पनि बढेको छ । एक महिनाको अवधिमा अमेरिकी डलरको भाउ जस्तै रियाल, दिर्हाम, दिनार, रिंगिट लगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।

रोजगारीका लागि श्रम स्वीकृति लिएर सबैभन्दा धेरै नेपाली मलेसिया र खाडीका ६ वटा देश गएका छन् । अहिले यी देशका मुद्राको मूल्य पनि बढेको छ ।

एक महिनाअघि १ अगष्टमा तीनसय ६२ रुपैयाँ २६ पैसा रहेको कुवेती दिनारको भाउ अहिले बढेर तीन सय ७४ रुपैयाँ ९९ पैसा पुगेको छ । बहराइन दिनारको भाउ दुईसय ८९ रुपैयाँ ६६ पैसाबाट बढेर ३१ अगष्टमा तीन सय ८८ रुपैयाँ रुपैयाँ पुगेको छ ।

त्यस्तै, युएई दिर्हामको भाउ १ अगष्टमा २९ रुपैयाँ २२ पैसा थियो भने ३१ अगष्टमा बढेर ३० रुपैयाँ ९० पैसा पुगेको छ । १ अगस्टमा दुई सय ८४ रुपैयाँ ५३ पैसा रहेको ओमानी रियालको भाउ ३१ अगष्टमा बढेर दुई सय ९४ रुपैयाँ ९८ पैसा पुगेको छ ।

महिना दिनअघि ३० रुपैयाँ ९ पैसा रहेको कतारी रियाल अहिले बढेर ३१ रुपैयाँ १६ पैसा पुगेको छ । साउदी रियालको भाउ १ अगस्टमा २९ रुपैयाँ २१ थियो भने ३१ अगस्टमा ३० रुपैयाँ २६ पैसा पुगेको छ ।

पछिल्लो समय मलेसियन रिंगिटको मूल्य पनि बढिरहेको छ । १ अगस्टमा २६ रुपैयाँ ९४ रहेको मलेसियन रिंगिटको भाउ ३१ अगस्टमा २७ रुपैयाँ ६२ पैसा पुगेको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०५०/५१ देखि २०७४/०७५ सम्ममा ५० लाख ६९ हजार ४०५ जना रोजगारीका लागि विदेश गएका छन् । आर्थिक वर्ष २०७२/२०७३ देखि २०७४/२०७५ सम्म विदेश जानेको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै नेपाली कामदार मलेसिया गएका छन् ।

गएको वर्ष मात्रै एकलाख ४२ हजार सात जना श्रम स्वीकृति लिएर रोजगारीका लागि मलेसिया गएका छन् । मलेसियापछि कतार, युएई, साउदी अरेबिया, कुवेत र बहराइनमा नेपाली कामदारको संख्या धेरै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु