2026-10-15 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाउने भन्दै करोडौं ठगि,पीडितहरुलाई टाउको फुटाउने, ढाड खुस्काउने र काट्ने धम्कि -भिडियो

भदौ २३, काठमाडौँ | वैदेशिक रोजगारीको नाममा लाखौँको ठगि गरेर हाल काठमाण्डौ बस्दै आएका स्याङजा स्वरेक– ८  का कृष्ण बहादुर सिके अझै पक्राउ पर्न नसकेको पीडितहरुले गुनाशो गरेका छन् । सिकेले काठमाडौँको बानेश्वरस्थित संसद भवन अगाडि कोरल एजुकेशन कन्सल्टनेशी, काठमाडौँकै बसुन्धरा स्थित एकै घरमा रहेको रोएल एजुकेशन कन्सल्टेन्सी र रोएल एचआर सोलुसनबाट आकर्षक तलब सुविधा देखाएर विदेश पठाउने भन्दै लाखौँको ठगि गरेका हुन् । 

माथिको तश्विरहरुमा: राष्ट्रिय पत्रिकामा छापिएका आकर्षक सूचनाहरु, यही माध्यमबाट सिकेले करोडौं ठगि गरेका हुन् । 

सिकेले आफ्नो संस्थाको नामबाट राष्ट्रिय पत्रपत्रिकामा सुचना प्रकाशन गर्दै सर्वसाधारणलाई ठगि गरेका छन ।  दुवै कन्सल्टेन्सी र मेनपावर कम्पनी एकै व्यक्ति कृष्ण बहादुर सिकेका हुन् । सिकेले आफ्नो सबैजसो कार्यालयमा आफ्नै नातागोतालाई मात्रै कर्मचारी र एजेन्ट राखेकाले ठगी गर्न सहज भएको पिडितहरुले बताएका छन् ।  

सीकेले कोसँग कति ठगे ? 

१. लक्ष्मी श्रेष्ठ – ६,६०,०००/- 

२. बिदुर घताने – ६,००,०००/- 

३. गोविन्द रेग्मी – ५,००,०००/- 

४. ओमबहादुर पुन – ४,००,०००/- 

५. विश्वास लामा – ४,००,००० 

६. उर्मिला पुन – ३,७०,०००/- 

७. उर्मिला लामा – ३,००,०००/- 

८. झलक लामा – ३,००,०००/- 

९. विनोद शर्मा – २,५०,०००/- 

१०. लेखनाथ सुवेदी – २,१०,०००/- 

११. श्याम – २,००,०००/- 

१२. आर्यान जोशी – २,००,०००/- 

१३. प्रविनजंग बस्नेत – २,००,०००/- 

१४. राज कुमार कार्की – २,००,०००/- 

१५. श्रीजना विडारी – १,७५,०००/-

१६. सोभित शर्मा – १,५०,०००/- 

१७. समीर तिवारी – १,५०,०००/- 

१८. देबकुमार श्रेष्ठ – १,००,०००/-

१९. सागर पुरी – १,००,०००/-

२०. सरोज बोगटी – १,००,०००/-

२१. गजेन्द्र बम – १,००,०००/- /१ 

२२. सरोज शर्मा – ७५,०००/- 

२३. सरोज श्रेष्ठ – ६०,०००/- 

२४. सन्दीप श्रेष्ठ – ५०,०००/- 

यो सरकारले मलाइ केही गर्न सक्दैन 

माथिका विवरण प्रहरीमा पुगेका बिवरण हुन् । यस बाहेक उनले ५/६ वर्षदेखि ठगीएका व्यक्तिहरु पनि क्रमश सम्पर्कमा आउन थालेका छन् । सिकेबाट ५० हजार देखी माथि बुझाउनेको संख्या धेरै छ ।

माथिको तश्विरमा: सिकेले स्थापना गरेको कन्सल्टेन्सीलाई पैसा पैसा तिरेको प्रमाण । 

सिकेले आफुहरुलाई अर्को हप्ता, अर्को  महिना भन्दै झूलाएको पिडितहरु बताउछन् । पीडीतहरु भविस खड्का, प्रबिन जङ बस्नेत, देवकुमार श्रेष्ठ र गजेन्द्र बमले पैसा माग्दा बाउन्स चेक दिएर  झुक्काएको गुनासो गरेका छन् । 

माथिको तश्विरमा: सिकेले पिडितलाई दिएको बाउन्स चेकहरु । 

एक महिना अघिसम्म भाइबर र इमोमा पैसा माग्दा सधै पैसा फिर्ता दिन्छु भन्ने गरेका सिकेले अर्को हप्ता, अर्को महिना भन्दै टार्ने गरेको तर अहिले आएर हाम्रो पैसा कहिले दीने ? भन्दा ‘तेरो पैसा मैले खाएको छैन । मैले समयमा काम गर्नै सकीन । चुप लागेर बस’ भनेर उल्टै धम्काउने गरेको पीडीतहरु बताउछ्न् । 

माथिको तश्विरमा: पिडितहरु र सिकेबीच ग्रुप चाटमा भएको कुराकानी तथा सिकेको धम्कि । 

‘मसँग एक पैसा पनि छैन, मैले पैसा दिदैन, तिमीहरुले जे गर्ने मन लाग्छ गर, जता मन लाग्छ, जसलाई भेट गर्ने मन लाग्छ गर, आफुलाई केही नहुने’ भन्ने गरेको पिडितहरु बताउछन् । सिकेले ‘जुन दिन मलाई पुलिसले समात्छ, त्यो दिन पिडितको लागि कालो दिन हुनेछ, यो सरकारले मलाइ केही गर्न सक्दैन’ समेत भनेको पिडितले बताए । आफू शक्तीशाली व्यक्ति भएको र कसैले पनि केही गर्न नसक्ने भन्दै पिडितलाई चुप लागेर बस भन्दै आफुहरुलार्ई  धक्मीपूर्ण सन्देश पठाउने गरेको पिडितहरुले बताए । 

यो भिडियो हेर्नुहोस् 


माथिको तश्विरमा: भाग्नु अघि कोरल एजुकेशन इन्स्टिच्युटमा टासिएको सूचना । 

उजुरी गृहमन्त्रीदेखि सिआइबिसम्म 

पीडितहरुले गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेर आफू ठगिएको जानकारी दिइसकेका छन् । गृहमन्त्रीले पीडितसँग यस्तो ठगी नियन्त्रण गर्ने प्रतिवद्धता गरेपनि अझै सीके समातिएका छैनन् ।  सिकेको बिरुद्धमा महानगरीय अपराध अनुसन्धान महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी समेत परेको छ । उजुरी दिएको २ महिना भन्दा बढी भएपनि प्रहरीले आरोपित व्यक्तिलाइ समात्न सकेको छैन । 

टेकु प्रहरीले सिके लुकेर बसेको आशंकामा खोजी कार्य जारी राखेको बताए पनि घटना घटेको २ महिना भन्दा बढी भएपनि प्रहरीले अहिलेसम्म आरोपित व्यक्तिलाई समात्न सकेको छैन ।

तश्विरमा: सिकेको नागरिकताको फोटोकपि ।

कोरल एजुकेशन, रोएल एजुकेशन कन्सल्टेन्सी र रोएल एचआर सोलुसनको सञ्चालक सिकेले  २ सय ५० भन्दा बढीलाई विदेश पठाउँछु भनेर ठगेको जानकारी आएको छ । उनले झन्डै ३ करोड भन्दा बढी ठगि गरेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु