2026-10-15 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको अध्यक्षमा वाग्ले र महासचिवमा अर्याल विजयी

 भदौ २४,काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नयाँ कार्यसमिति चयन भएको छ। फोरमको नवौं अधिवेशनले अध्यक्षमा हंशराज वाग्लेलाई निर्वाचित गरेको छ ।  उनी नरेन्द्र ढकाललाई पराजित गरि अध्यक्षमा चयन भएका हुन् । 

अध्यक्ष पदका लागि हंशराज वाग्ले, नरेन्द्र ढकाल र सितादेवी देवकोटाको उम्मेदवारी परेको थियो तर पछि देवकोटाले उम्मेद्वारी फिर्ता लिएपछि ढकाल र वाग्ले विच प्रतिष्पर्धा भएको हो ।

फोरमको  महासचिवमा तारानाथ अर्याल निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा किशोर कुमार केशी,सह कोषाध्यक्षमा मनसुन काजि क्षेत्रि निर्विरोध चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ चयन भएका छन् उनले भगिरथ राईलाई पराजित गरेका हुन् । सचिव एक पदको लागि पुष्पराज न्यौपाने विजयी भएका छन् उनले  जनक खड्कालाई पराजित गरेका हुन् । कोषाध्यक्षमा कमल काफ्ले विजयी भएका छन् ।

त्यस्तैगरि सदस्यहरुमा सन्जय पनेरु, मेघनाथ भुर्तेल, हेमा गुरुङ, कृष्ण कुमार जैशी, प्रकाश बोहोरा, बाबुलाल मगर, कर्णराज कटुवाल, शिशिर विष्ट, देवकुमार खोखाली र शैलेश कार्की निर्विरोध चयन भएका छन् ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित २१ सदस्यीय रहने फोरम कार्यसमितिमा १७ जनाको अधिवेशन मार्फत र ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

विहीबार उद्घाटन भएको नवौं साधारणसभा उद्घाटन पछि बन्दसत्रले अध्यक्ष महासचिव तथा कोषाध्यषका प्रतिवेदन पारित भएपनि समय अभाव भन्दै आइतबारका लागि निर्वाचन मिति सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु