2026-09-24 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका सबै सूचना अब अनलाईनमा

भदौ २५, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ ।

सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एकीकृत सूचना प्रणाली लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यस प्रणालीले वैदेशिक रोजगारीका क्षेत्रमा पुर्याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी र पहुँचयोग्य हुुनुका साथै गलत सूचनाका आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुर्याउने  मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकृत प्रणालीको प्रयोगले रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुने व्यक्तिका तथ्याङ्क अद्यावधिक गर्न सहयोग मिल्नेछ ।

त्यस्तै अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वयलाई प्रभावकारी बनाउन पनि यसले सहयोग पुर्याउउँछ । एकीकृत प्रणालीका कारण अनुगमन प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्नुका साथै यसबाट प्राप्त अनुभव आगामी दिनमा यस क्षेत्रको नीति तथा कार्यक्रम तर्जुमा गर्नमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत सूचना प्रणाली आगामी असोज १५ गतेदेखि लागू हुने छ । यस प्रणालीमा अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग, कूटनीतिक नियोग, वैदेशिक रोजागार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी, सीप तथा तालीम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरण उपलब्ध गराइएको छ ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका सूचना एवं सेवा मोबाइल एप्सबाट समेत प्राप्त गर्न सकिने छ । यसका लागि ‘वैदेशिक रोजगार’ मोबाइल एप्स डाउनलोड गर्नुपर्नेछ । हाललाई एन्ड्रोइड भर्सनमा उपलब्ध सो एप्सबाट श्रम स्वीकृति नवीकरणको फारम पनि भर्न सकिने व्यवस्था गएिको छ ।

वैदेशिक रोजगारसँग सरोकारभएका (म्यानपावर एजेन्सी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी) ले वैदेशिक रोजगार सूचना प्रणालीमार्फत अनलाइन सेवा लिन तथा दिन सक्नेछन् ।

यस प्रणालीमा रोजगारीमा गएका कामदारको तस्बिर र बायोमेट्रिक (आँखा र औँठा छाप)सहितको विस्तृत विवरण रहने छ । वैदेशिक रोजगारसम्बन्धी गुनासा र उजुरीको विद्युतीय अभिलेखसमेत अनलाइनमार्फत अघि बढाउन सकिने छ ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न सकिने छ भने श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीको कार्यसम्पादन विवरण विद्युतीयरुपमा रहने छ । अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै सम्पूर्ण इजाजत प्राप्त म्यानपावर, अभिमुखीकरण तालीम प्रदान गर्ने संस्थासहित सरोकारवालाको अनुगमन कार्यमा पनि सहजीकण हुनेछ ।

यस प्रणालीले नक्कली माग पत्र बनाई नेपाली कामदार ठग्ने म्यानपावर कम्पनीको धन्दा बन्द गरिदिएको छ । अब गन्तव्य मुलुकबाट आउने मागपत्र यस प्रणालीमार्फत सम्बन्धित मुलुकका दूतावास तथा नियोगले प्रमाणीकरण गरेपछि मात्र म्यानपावर व्यवसायीले कामदार लैजान पाउने छन् । प्रमाणीकरण कार्यमा दूतावासका दुई जना कर्मचारीको अनिवार्य सहभागिता रहने सुनिश्चिित सो प्रणालीले गरेको छ ।

यसबाट गन्तव्य देशका रोजगारदाताको वास्तविक विवरण सफ्टवेयरमा प्रविष्ट हुने छ । मागपत्रमा हुनसक्ने त्रुटि तथा ठगी न्यूनीकरण कम गर्न पनि सहयोग पुग्नेछ । प्रणालीमार्फत तोकिएबमोजिमको सेवा, सुविधा नदिने रोजगारदतालाई गन्तव्य मुलुकका दूतावासले कालोसूचीमा राख्न सकिनेछ ।

एकीकृत सूचना प्रणालीले आप्रवासी कामदारले अपनाउनुपर्ने विविध विषयमा समेत जानकारी दिनेछ । अनलाइनबाटै श्रम स्वीकृतिको फारम भर्न, पेश गर्न र श्रम स्वीकृतिका चरणको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन सकिने छ । यसैगरी आफ्नो श्रम स्वीकृति र पूर्वस्वीकृति भए÷नभएको एसएमएस, वेभसाइट, मोबाइल एप्स र अनलाइन प्रणालीमार्फत थाहा पाउन तथा वैदेशिक रोजगार विभागमा भएका उजुरीको अवस्था मोबाइल एप्सबाट जानकारी लिन सकिने छ ।

यो प्रणालीले वैदेशिक रोजगारीमा जाने कामदारको बिमा गर्ने कम्पनीलाई पनि जवाफदेही बनाइएको छ । बिमा कम्पनीले विस्तृत सूचना तथा बिमालेखसहित प्रत्येक कामदारको बिमा गरेको प्रमाण अनलाइन सूचना प्रणालीमार्फत पेश गर्नुपर्नेछ । यसरी बिमालेख जारी गर्ने प्रक्रियामा बिमा कम्पनीका दुई जना कर्मचारीको अनिवार्य संलग्ना हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले पनि अनलाइन प्रणालीमार्फत नै स्वास्थ्य परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने छ । सूचना प्रणालीलाई अध्यागमन विभागसँग आबद्ध गरेपछि श्रम स्वीकृति लिएका, विदेश गएका र फर्की आएका कामदारको यथार्थ विवरण, विदेशमा कार्यरत कामदारको वास्तविक विवरण प्राप्त गर्न सहज हुनेछ ।

त्यस्तै रोजगारीका क्रममा गन्तव्य मुलुकमा कामदार अलपत्र परेमा उद्धार प्रक्रिया थाल्न सरकारलाई सहयोग हुने छ । श्रम स्वीकृति प्राप्त कामदार विदेश गए÷नगएको पनि यस प्रणालीबाट थाहा पाउन सकिने छ ।

एकीकृत प्रणाली लागू भएपछि पुरुषको कोटामा महिला र महिलाको कोटामा पुरुषको श्रम स्वीकृति हुने गम्भीर त्रुटिमा सुधार आउने विश्वास मन्त्रालयको छ । यसले श्रम स्वीकृतिको लैङ्गिक विवरण यथार्थ रुपमा प्राप्त गर्न सकिने छ ।

त्यस्तै यस प्रणालीले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अभिमुखीकरण तालीम नदिई प्रमाणपत्र दिने प्रवृत्तिको पनि अन्त्य गरिदिएको छ । बायोमेट्रिक हाजिरीका आधारमा अभिमुखीकरण कक्षा सञ्चालन हुने र त्यस्तो कक्षाको अवधि अनलाइन प्रणालीमै रेकर्ड हुने हुँदा तोकिएको भन्दा कम हुने गरी कक्षा लिएमा थप प्रक्रिया अगाडि बढ्न नसक्ने प्रणालीले सुनिश्चित गरेको छ ।

झन्डै एक वर्षको मेहनतमा यो प्रणाली निर्माण गरिएको हो । यस प्रणालीभित्र रहेको तथ्याङ्क तथा व्यक्तिगत विवरणको सुरक्षा गर्न सूचना प्रविधि क्षेत्रको उच्चतम प्रविधिको प्रयोग गरिएको छ ।

सबै जानकारी मोबाइल एप्सबाट

वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण जानकारी मोबाइल एप्सबाटै प्राप्न गर्न सक्ने गरी ‘वैदेशिक रोजगार’ एप्स निर्माण गरिएको छ । एप्सबाट पूर्वस्वीकृतिको विवरण प्राप्त हुने, राहदानी र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन सकिने छ । इजाजतप्राप्त संस्था, अभिमुखीकरण तालीम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्था र अन्य विवरण पनि एप्समै उपलब्ध हुनेछ ।

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध बिमा कम्पनी र बैंकको विस्तृत विवरणसमेत एप्सबाट हेर्न सकिने छ । रोजगारीका क्रममा केही समस्या आइपरे तत्काल सम्पर्क गर्न गन्तव्य देशमा रहेका महत्वपूर्ण निकाय तथा व्यक्ति, दूतावास, श्रम काउन्सुलर तथा श्रम सहचारीको सम्पर्क विवरण एप्सबाटै प्राप्त गर्न सकिने छ । त्यस्तै सार्वजनिक सूचना, विभिन्न नीति नियम, प्रतिवेदनसमेत मोबाइलबाटै अध्ययन गर्न सकिने छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम