2026-10-15 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा कार्यरत नेपालीले दूतावासबाटै श्रम स्वीकृति नवीकरण गर्न पाउने

असोज ३,काठमाडौं | नेपाली कामदारले विदेशस्थित नेपाली दूतावासबाटै दुई पटकसम्म पुन: श्रम स्वीकृति लिन पाउने भएका छन् । वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई विदेशस्थित नेपाली नियोगबाटै श्रम स्वीकृति नवीकरण (रि-इन्ट्री) गर्न दिन सरकारले प्रस्ताव गरेको हो ।

वैदेशिक रोजगार ऐन संशोधन हुने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषदले पास गरिसकेको छ । संसदबाट ऐन संशोधन पास भई राजपत्रमा प्रकाशन भएपछि कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् । 

सरकारको यो पस्तावले घरेलु कामदारसहित विदेशमा रहेका नेपालीहरुको लागि सहजता हुनेछ। सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ। यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र कमाइ गरिरहेका थुप्रै घरेलु कामदार स्वदेश फर्कन पाएका छैनन् ।

नेपाल फर्किएपछि श्रम स्वीकृति नहुने भएकाले धेरै घरेलु कामदार भिसा अवधिभन्दा धेरै समय विदेशमा बस्न बाध्य थिए । अब विदेशबाटै श्रम स्वीकृति हुने भएपछि घरेलु कामदार सहित सबै कामदार श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने झण्झटबाट मुक्त हुनेछन् । 

श्रम मन्त्री गोकर्ण विष्टको पहलमा श्रम स्वीकृतिको लागि नेपाली कामदारले सास्ती खेप्दै आएकाले नयाँ व्यवस्था गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु