2026-09-24 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई र नेपालबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति

असोज १०, काठमाडौँ | नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच दुवै मुलुकले अधिकतम लाभ प्राप्त गर्न सक्ने गरी श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँहरुबीच श्रम सम्झौता परिमार्जन गर्न आवश्यक तयारी गर्ने र छिट्टै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको हो । 

भेटमा मन्त्री विष्टले नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने वातावरण सिर्जना गर्न युएईसँग आग्रह गर्नुभएको थियो । उहाँले युएईमा कार्यरत नेपाली कामदारको २४ घण्टे बीमा, श्रम करारनामा बमोजिमको न्यूनतम् तलब र अन्य सेवा सुविधाको सुनिश्चित हुनुपर्नेमा समेत जोड दिनुभयो । 

मन्त्री विष्टले निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकामा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्ने बताउनुभएको थियो । नेपाली कामदारलाई रोजगारीका लागि युएई जाँदा खुशी र गर्वको अनुभूति हुने गरी श्रमिकको सेवा सुविधाका पक्षमा त्यहाँको सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल र युएईबीचको सम्बन्धलाई मजबुत तुल्याउन निरन्तर समन्वय र द्विपक्षीय छलफल जारी रहनु आवश्यक भएको दोहोर्याउनुभयो । 

भेटमा श्रम स्वीकृति नलिई ‘भिजिट भिसा’ लगायतका माध्यमबाट युएई जाने र काममा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नमा समेत दुवै देशका सरकारको संयुक्त प्रयास हुनुपर्नेमा दुई पक्षबीच सहमति जुटेको श्रम मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

भेटमा राजदूत नाक्बीले भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिसँगै युएई मध्यपूर्वको आर्थिक केन्द्रका रुपमा विकसित हुँदै गएकाले नेपाली कामदारका लागि उपुयक्त श्रम गन्तव्य हुनसक्ने बताउनुभएको थियो । युएई खाडी क्षेत्रका अन्य मुलुकभन्दा पृथक ढङ्गले अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले नेपालबाट दक्ष जनशक्तिको मागसमेत बढ्दै गएको र त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिकको अवसर रहेको बताउनुभयो । 

नेपाल सरकारले व्यक्त गरेका चासोप्रति युएई सरकार सकारात्मक रहेको विश्वास दिलाउँदै राजदूत नाक्बीले नेपाल र युएईबीचको श्रम सम्बन्धलाई उदाहरणीय बनाउन दुवै देशका सरकारको प्रयास रहनुपर्ने बताउनुभएको थियो । 

यसैबीच आजै नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइम्यानले श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा उहाँहरुबीच नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौता र घरेलु कामदारका लागि सम्झौता गर्न प्राविधिक रुपमा छलफल गरी टुङ्ग्याउने सहमति भएको थियो । 

नेपालले साउदी अरेबियाका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा लागू गर्न साउदी अरेबिया सरकारबाट पहल गर्ने विषयमा समेत छलफल र सहमति भएको थियो । उहाँहरुबीच नेपाली कामदारलाई रोजगार करारबमोजिम दिइने सेवा सुविधाको सुनिश्चितता गरिने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । 

श्रम स्वीकृति, पुनः स्वीकृति र भिषा नवीकरणको सन्दर्भमा देखापरेका समस्या समाधान गर्ने विषयमा पनि उहाँहरुबीच छलफल भएको थियो । छलफलका क्रममा उठेका विषयवस्तु नेपालस्थित साउदी राजदूतावासले साउदी अरेवियाको सम्बद्ध निकायमा कार्यान्वयनका लागि पठाउने सहमतिसमेत भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम