2026-10-15 11:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र युएई बीच द्विपक्षीय श्रम सम्झौता गर्न दुई देश सहमत

असोज १०, काठमाडौँ । नेपाल र युएई बीच निकट भविष्यमा नै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा सहमति भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग नेपालका लागि युएईका राजदुत सइद हम्दान अल नाक्बी बीच  भएको शिष्टाचार भेटमा द्धिपक्षीय सहमति भएको श्रम मन्त्रालयले जनाएको हो । 

दुई देश बीच विगतमा भएको श्रम सम्झौतालाई दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्नका लागि दुवै पक्षबाट आवश्यक तयारी शुरु भएको हो । उक्त भेटमा दुई मुलुकबीचको श्रम सम्बन्धमा हुनुपर्ने थप सुधारका क्षेत्रहरु तथा युएई.मा रहेका नेपाली श्रमिकको व्यावसायिक सुरक्षा लगायतका विषयमा छलफल भएको छ । भेटका अवसरमा राजदुतले नेपालबाट दक्ष जनशक्तिको माग समेत बढ्दै गएकोले त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिकको अवसर रहेको बताए ।

नेपाली कामदार युएईमा जाँदा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने व्यवस्था हुनुपर्नेमा मन्त्री विष्टले जोड दिए । युएईमा कार्यरत नेपाली कामदारहरुको चौवीस घण्टे बीमा, श्रम करारनामा बमोजिमको न्यूनतम तलबमान र अन्य सेवा सुविधाको सुनिश्चतता हुनुपर्नेमा जोड दिईएको श्रम मन्त्रालयले जनाएको छ  । नेपाल सरकारका मागहरुप्रति युएइ सरकार सकारात्मक हुने कुरामा विश्वास व्यक्त गर्दै राजदुतले नेपाल र युएइ वीचको श्रम सम्बन्धलाई उदाहरणीय बनाउन दुबै देशका सरकारहरुको प्रयास रहनुपर्ने कुरामा व्यक्त गरेको जनाइएको छ । 

त्यसैगरी भेटर्वार्तामा श्रम स्वीकृति नलिई भिजिट भिषा लगायतका माध्यमबाट युएई जाने र काममा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नमा समेत दुवै देशका सरकारहरुको संयुक्त प्रयास गर्ने सहमति भएको छ । साथै निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकोमा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्नेमा मन्त्री विष्टले जोड दिएका छन् । 

आजै नेपालका लागि साउदी अरेवियाका कार्यवाहक राजदुत अब्दुलकरिम अलसुलाइम र श्रम मन्त्रालयका सचिव महेश प्रसाद दहालसंग शिष्टाचार भेट भएको छ । भेटघाटका अवसरमा दई देशबीच द्विपक्षीय श्रम सम्झौता र घरेलु कामदारका लागि सम्झौता गर्न प्राविधिक रुपमा छलफल गरी टुंङ्ग्याउने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । त्यसैगरी नेपालले साउदी अरेवियाका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा लागू गर्न साउदी अरेविया सरकारबाट पहल गर्ने विषयमा समेत छलफल र सहमति भएको छ । श्रम स्वीकृति, पुनः स्वीकृति र भिषा नवीकरणको सन्दर्भमा देखापरेका समस्या समाधान गर्ने विषयमा पनि भेटघाटमा छलफल भएको छ । भेटर्वार्तामा समेटिएका विषयहरु नेपालस्थित साउदी राजदुतावासले साउदी अरेवियाको सम्बद्ध निकायमा कार्यान्वयनका लागि पठाउने सहमति समेत भएको श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु