2026-07-27 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर कम्पनीको धरौटी बढाउने प्रस्ताव रोकियो, संघीय संसदको वर्षे अधिवेशन आजबाट अन्त्य हुँदै

मनोज पराजुली,११ असोज, काठमाडौं । संसद् सचिवालयको संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हने भएको छ ।सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई अधिवेशन अन्त्यको पत्रमार्फत जानकारी गराएको सचिवालयका सहसचिव एवं प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

आजको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशनका क्रममा भएका गतिविधिबारे जानकारी गराएर अधिवेशन अन्त्यको घोषणा गर्ने कार्यतालिका राखिएको छ ।गत वैशाख २३ बाट शुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औंपटक र राष्ट्रियसभाको ६१ औंपटक बसेर अन्त्य हुन लागेको प्रवक्ता पाण्डे बताए।

संवैधानिक व्यवस्था अनुसार एक अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन । तर एक चौथाइ सदस्यले बैठक आह्वानका लागि लिखित आग्रह गरेमा बोलाउनुपर्ने प्रावधान रहेको छ । संसदको वर्षे अधिवेसनमा प्रतिनिधि सभामा २६ वटा विधेयक दर्ता भएका छन् जसमध्ये १ वटा विधेयक सरकारले फिर्ता लिएको प्रवक्ता पाण्डेले जानकारी दिए। दुवै सदनबाट पारित भएर १८ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् भने प्रतिनिधि सभामा हाल ६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । १ वटा विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रियसभामा पठाईएको उनले जानकारी दिए । यस अवधिमा ४ वटा अध्यादेश दर्ता भएका र ४ वटै पारित भएका प्रवक्ता  पाण्डेले जानकारी दिए । 

वर्षे अधिवेशनमा ५ वटा सन्धि अनुमोदनका लागि दर्ता भएका र ५ वटै अनुमोदन भएका उनले बताए । त्यस्तैगरि राष्ट्रियसभामा उत्पत्ति भएकामध्ये प्रतिनिधि सभाबाट ५ वटा विधेयक पास भएका छन् । राष्ट्रियसभामा उत्पत्ति भएका २ वटा विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेका छन् । यस अवधिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगार ऐन २०६४ संसोधन हुनेगरी केहि नेपाल ऐन संसोधन अन्तर्गत समेटेर कानून न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत अगाडी बढाएईको प्रक्रिया मन्त्रिपरिषद् बाट  स्वीकृत भई संसदमा पेस गर्न अनुमति दिईएपनि संसदमा पेश हुन सकेन । 

म्यानपावर कम्पनीको धरौटी रकम ३० लाखबाट ६ करोडसम्म पुर्याउने गरि ऐन संसोधन गर्ने प्रक्रिया अगाडी बढाएपछि म्यानपावर व्यवसायीहरुले चर्को विरोध गर्दै राजनीतिक भेटघाट तीव्र बनाएका थिए। त्यसैको परिणाम स्वरूप पनि यो प्रक्रिया हिउँदे अधिवेसनसम्मका लागि रोकिएको छ।

श्रम मन्त्री गोकर्ण विष्टको पस्तावमा ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड सहित ६ करोड र ५ हजार भन्दा कम कामदार पठाउने म्यानपावरको धरौटी नगद १ करोड र बैंक ग्यारेन्टी २ करोड गरि ३ करोड पुर्याउने गरि प्रक्रिया अगाडी बढेको थियो । यस अघि म्यानपावरको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली