2026-09-24 08:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री विष्ट र नेपालका लागि स्वीजरल्याण्डका राजदुत विच भेटवार्ता

असोज ११, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टज्यू र  नेपालका लागि स्वीजरल्याण्डका महामहिम राजदुत एलिजावेथ भन कापेलर विच शिष्टाचार भेटघाट भएको छ । उक्त भेटका अवसरमा नेपाल र स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्ध र सहयोगका विविध आयामहरुका बिषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । 

उक्त भेटघाटमा  राजदूतले सुरक्षित आप्रवासन र वैदेशिक रोजगारका विषयमा दुवै मुलुकबीच साझा बुझाई र धारणा रहेको कुरा व्यक्त गर्नुभयो। उहाँले स्वीस सरकारको सहयोगमा संचालित सामी परियोजना मार्फत नेपाल र स्वीस सरकारबीचको सहकार्यलाई थप मजबुद पार्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

उक्त भेटमा माननीय मन्त्रीज्यूले नेपालमा पर्याप्त रोजगारीको अवसर नभएकोले नेपाली युवाको लागि वैदेशिक रोजगार बाध्यताको रुपमा रहेकोले वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरी दक्ष र सिपयुक्त बनाई पठाउनु आवश्यकता रहेको वताउनुभयो । गन्तव्य मुलुकसँग भएको शर्त तथा सुविधाको हुवहु पालना नभएको कारण वैदैशिक रौजगारमा संलगन युवाहरु खासगरी महिलाहरु विभिन्न शोषण र जोखिममा रहेको वताउनुभयो । 

स्वस्थ युवाहरुको उर्जाशिल समय वैदेशिक रोजगारीमा जाने र रोगी, अशक्त तथा जीवनको उत्तरार्धमा स्वदेश फिर्ता हुदा राज्यको सामाजिक लागत वढदै गएकोले यसतर्फ समयमै ध्यान दिन जरुरी रहेको बताउँदै माननीय मन्त्रीज्यूले स्वदेशमा रोजगारीका अवसरहरुको सिर्जना गर्नु अहिलेको आवश्यकता र प्राथमिकताको विषय वनेको बताउनु भयो ।  स्थानीय तहहरुमा रोजगार सूचना केन्द्र स्थापना गर्ने योजना रहेको उल्लेख गर्दै माननीय मन्त्रीज्यूले यसबाट आन्तरिक र वैदेशिक रोजगारीको सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । सामी परियोजना मार्फत स्वीस सरकारले गरेको सहयोगको प्रशंसा गर्दै माननीय मन्त्री ज्यूले परियोजना अन्तर्गतको आप्रवासन सूचना केन्द्र र रोजगार सूचना केन्द्रबीच समन्वय गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । सामाजिक सुरक्षाको बारेमा स्वीजरल्याण्डको अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै स्वीस सरकारसँग यस बिषयमा  सहकार्य गर्न सकिने बताउनुभयो ।

राजदुतले माननीय मन्त्रीज्यूले अगाडी सारेका कार्ययोजनाको प्रशंशा गर्दै स्वीस सरकार यसमा हातेमालो गरेर अगाडी वढ्न तत्पर रहेको साथै संख्यात्मक सुधारका अतिरिक्त गुणात्मक नतिजा हासिल गर्ने तर्फ स्वीस सरकार केन्द्रीत रहेको कुरा व्यक्त गर्नुभयो । सुरक्षित आप्रवासनका अतिरिक्त अन्य क्षेत्रहरुमा पनि मिलेर काम गर्न सकिने र यसका लागि आपसि छलफल, संवाद र संचारलाई निरन्तरता दिदै जानु पर्ने कुरा समेत व्यक्त गर्नु भयो । उक्त भेटघाटमा मन्त्रालयका सचिव महेश प्रसाद दहालको समेत उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम