2026-10-15 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली पूर्ण रुपमा संचालनमा

असोज १५ ,काठमाडौं । सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली पूर्ण रुपमा संचालनमा ल्याएको छ। यसअघी उक्त अनलाइन प्रणाली गत भाद्र २५ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले उद्घाटन गर्दै असोज १५ बाट संचालनमा आउने जानकारी दिएका थिए ।

सोमबार श्रम कार्यलय ताहाचलमा एक कार्यक्रम गरि श्रम मन्त्रालयका वैदेशिक रोजगार शाखा प्रमुख सह सचिव कृष्ण ज्ञवालीले उक्त प्रणालीको सुरुवात गरेका हुन् । यो प्रणाली सुरुवातसंगै अबदेखि कामदारले आफ्ना गुनासा ‘बैदेशिक रोजगारी’ मोबाइल एप मार्फत नै जानकारी लिन सक्नेछन् । कुनै पनि व्यक्तिको उजुरी वा गुनासो पनि अनलाइन सिस्टममा अभिलेखका रुपमा रहनेछ र सो अनुरुप कारवाही प्रक्रिया अगाडी बढ्ने जनाइएको छ ।

अनलाइन प्रणाली सुरुवात भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारको तथ्यांक संकलन आजैबाट सुरुवात गरिएको श्रम मन्त्रालयले जनाएको छ। यसभन्दा अगाडि श्रम स्विकृति लिएर जाने नेपाली कामदारको तथ्यांक मात्र सरकारले लिने गरेको थियो । अबदेखि यस अनलाइन प्रणालीबाट विदेशबाट  फर्किएका कामदारको विवरणका साथै उनीहरुले विदेशमा सिकेको सिपबारे पनि एरपोर्ट मा नै तथ्यांक संकलन हुनेछ।

एकीकृत अनलाइन प्रणालीबाट राहदानी विभाग, श्रम विभाग, अध्यागमन विभागलगायत वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कार्यालय र नियोगबाट कम्प्युटरमा पासपोर्ट नम्बर क्लिक गर्नेबित्तिकै कामदारको सबै विवरण हेर्न सकिनेछ । यस प्रणालीअन्तर्गत श्रम मन्त्रालय र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण संस्था तथा अभिमुखीकरण केन्द्र रहनेछन्। 

यो प्रणाली लागू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको सम्पूर्ण विवरण पासपोर्ट नम्बरकै भरमा हेर्न पाइनेछ। कामदारको सम्पूर्ण तथ्यांक अनलाइनबाटै हेर्न मिल्ने भएकाले म्यानपावर कम्पनीले कामदारलाई ठगी नियन्त्रण गर्न सहयोग पुग्ने श्रम मन्त्रालयले दाबी गरेको छ। साथै मन्त्रालय अन्तर्गतका कुन संस्थाका फाइल तथा काम कहाँ पुगेर अड्किएको छ र प्रक्रिया के भइहेको छ भन्ने जानकारी पनि लिन सकिनेछ।

यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात आप्रवासी कामदारहरुले अनलाइनबाट नै श्रम स्वीकृतिको फाराम भर्न र पेश गर्न सक्ने, श्रम स्वीकृतिका चरणहरुको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन सक्ने, आफ्नो श्रम स्वीकृति भए नभएको कुरा तथा पूर्व स्वीकृतिको विवरण मोबाइल,एसएमएस ,वेबसाइट र एपबाटैजानकारी लिन सक्नेछन् । विभागमा दर्ता भएका उजुरीहरुको अवस्थाका बारे पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

वैदेशिक रोजगारमा गएका कामदारहरुको फोटो र बायोमेट्रिक (Iris र औंठाछाप) सहितको विस्तृत विवरण रहने यस प्रणालीमा वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण गुनासा र उजुरीहरुको पनि विद्युतीय अभिलेख रहनेछ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न एवं श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीहरुको कार्यसम्पादनको विवरण विद्युतीय रुपमा राख्न समेत यस प्रणालीले मद्दत पुर्‌याउने विश्वास मन्त्रालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु