2026-09-24 08:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फर्कदाई फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’

–अशोक घिमिरे 

काठमाडौँ, २२ असोज (रासस) | 

‘नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौँ, 

गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौँ ? 

फर्कदाई फर्क, फर्कदाई फर्कभाई फर्क 

हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख ।’ 

नेपालमा रोजगारीको अवसर नभएको भन्दै विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्दै वरिष्ठ सर्जक एवं लोकदोहोरी गायक दुर्गा रायमाझीले सार्वजवनिक गर्नुभएको लोकगीतको अंश हो यो । 

विभिन्न बहानामा विदेशिने नेपालीको संख्या बढेको अवस्थामा नेपालमा कुनै अवसर छैन भन्दै विदेशमै रमाउन खोज्ने नेपालीमनलाई यस गीतले विदेशमा रहेर नेपालीपन नखोज्न आग्रह गरेको छ । विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गीतमा पैसाले मात्रै सुख नहुने अनुभूती प्रवासीहरुले गरेको आशय व्यक्त गरिएको छ । 

रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गीतमा विदेशमा रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ । विदेशमा गरिएको मेहनत र पसिनाले दुई चार वर्षमै नेपाललाई विकसित देशको दाँजोमा पुर्याउँछ भन्ने विषयलाई गीतले प्रमुखताका साथ उठान गरेको छ । त्यसका लागि सम्पूर्ण नेपालीलाई स्वदेश फर्कन आग्रह गरिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सोमबार सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाई फर्क…’ को लोकार्पण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिरः अशोक घिमिरे, रासस 

‘राम्रो नम्बर ल्याउने, जति कन्सल्टेन्सी धाउने, 

यो चालले हाम्रो नेपाल, कहिले उँभो लाउने, 

युवाहरु विदेशीय, देश बनाउने कोत ? 

देश बिग्रेको गतिलाले, देश छाडेर पोत ।’ 

राम्रो अंक ल्याएर विद्यालय तह उतीर्ण गर्नेबित्तिकै उच्च शिक्षाका नाममा विदेशिने संख्या पनि ह्वातै बढेको छ । शिक्षित र युवा जनशक्ति विदेशिदा नेपालको विकासमा निकै ठूलो समस्या परिरहेको छ । शहरी क्षेत्रका युवा मात्र होइन, ग्रामीण भेकका युवा पनि ठूलो सङ्ख्यामा कामको खोजीमा विदिशिने गरिएको तीतो यथार्थ हामीमाझ छर्लङ्ग छ । १८ देखि ४० वर्ष उमेरसमूहका युवायुवती विदेशिएपछि आखिरीमा कसले देश बनाउने भन्ने प्रश्नलाई यस गीतले मार्मिकताका साथ प्रस्तुत गरेको छ । 

गतिलाले देश छाडेर देश बिग्रेको हुँदा स्वदेश फर्किएर देश बनाउन गीतमार्फत आग्रह गरिएको छ । 

‘आफ्नो जन्मभूमि आफै गरेपछि हेला, 

हाम्रो नेपाल को आएर राम्रो बनाइदेला’ 

धन सम्पत्तिले मात्रै मन रमाउँछ भन्ने उपभोगवादी सोचलाई पनि यस गीतले गतिलो जवाफ दिएको छ । करोडौ सम्पत्ति कमाएपनि विदेशमा हुँदा कसको मन रमाउँछ र ? विदेशमा गएर गरिने मेहनत नेपालमै गर्ने भए यही ठूलो सम्भावना रहेको विषयलाई गीतले जोड दिएको छ । उहाँले गीतमार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङ्कङजस्तो बन्ने तर्फ प्रवासीहरुको ध्यानाकर्षण गराउनु भएको छ । सर्जक रायमाझी गीतमा भन्नुहुन्छ, 

‘अमेरिकागै हुन्छौँ होला करोड कमाउने, 

करोडले हैनरैछ यो मन रमाउने 

बाह्र घन्टा घोटिन्छौ रे दक्षिण कोरियामा 

त्यति गरे केके फल्थ्यो हाम्रै खोरियामा’ 

अध्ययन र रोजगारीका लागि युवा जनशक्ति विदेशिदा ग्रामीण भेकमा बृद्ध बा आमा मात्र घर कुरेर बस्न बाध्य छन् । बृद्ध बा आमा बिरामी हुँदा औषधोपचार गर्न लैजाने छोराछोरी घरमा छैनन्, आकाशमा जहाज उड्दा ती बा आमाको आँखा आकाशमै हुन्छ, सम्झन्छन् आफ्ना छोराछोरी कुन अवस्थामा के गरिरहेका छन् र झार्छन् आँशु । दुःख पर्दा तीनै छोराछोरीले विदेशबाट पठाएको धन पठाए पनि त्यो धनले बाबुआमाको मन निको नहुने गायक राजमाझी भन्नुहुन्छ, 

‘हवाइजहाज उड्दा पनि हेर्छन आकाश तिर 

बुढा भाका बाउआमालाई छोराछोरीकै पिर, 

दुःख पर्दा विदेशबाटै पठाउला धन 

त्यो धनलेनि निको हुन्न बाउआमाको मन’ 

सर्जक रायमाझीले यस गीतमार्फत सम्भावनाको खोजीमा विदेशिएका सम्पूर्ण नेपालीलाई मातृभूमिको विकासमा समर्पित हुँदै स्वदेश फर्कन आग्रह गर्नुभएको छ । मुलुक विकासका लागि योगदान गर्न सक्ने जनशक्ति विदेशिदा मुलुकको विकासमा अवरोध पुगेको निश्चय नै हो । 

विदेशी भूमिका श्रम र पसिना बगाउन बाध्य नेपालीले पठाएको विप्रेषण (रेमिट्यान्स)ले केही हदसम्म मुलुकको अर्थतन्त्रलाई चलायमान बनाए पनि त्यसको सामाजिक मूल्य निकै महँगो छ । 

यस गीतले आजको सन्दर्भमा दरिलो प्रतिबद्धता र आशा जगाएको छ । कला, साहित्य तथा गीत सङ्गीतको माध्यमबाट गरिने आह्वानले समाजलाई ठूलो सन्देश दिनेमा दुईमत छैन् । जीवन निर्वाहकै लागि गाउँ, घर, समाज र देशबाट परदेश जाने विवशताको अन्त्य गर्नु वर्तमानको आवश्यकता हो । 

पुराना थुप्रै गीतका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गीत सार्वजनिक गर्नु भएको हो । ‘बटौलीमा निम्तो छ…’, ‘मलाई जानुपर्छ…’, ‘जोर मादल भिरेर…’, ‘अचेल गाउँमा यस्तै छ साननानी…’ र ‘भैँसी पालेर…’ जस्ता गीतका सर्जक रायमाझी गीत संगीत क्षेत्रका अनुसन्धानकर्ता पनि हुनुहुन्छ । 

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहनु भएका रायमाझी संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञसमेत हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम