2026-10-15 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्सलटेन्सी खोलेर म्यानपावर धन्दा: पीडित भन्छन्- ‘हामीलाई लुटेर कार चढेका छौ’

असोज २४, काठमाडौँ | काठमाडौँको नयाँबानेश्वर स्थित ओडियस्सी फाउन्डेसन प्रा.लिले कन्सलटेन्सीको नाममा धेरै युवालाई वर्किङ भिषा भन्दै पोल्याण्ड पठाई बिचल्ली बनाएको खुलाशा भएको छ । पीडितहरुका अनुसार उक्त फाउन्डेसनले नक्कली श्रम स्वीकृति बनाएर पोल्याण्ड पठाएको आरोप लगाएका छन् । तर यस विषयमा बुझ्दा उक्त कन्सल्टेन्सीले पिडितहरुलाई झुक्याएर व्यक्तिगत श्रम स्वीकृति गराएर पोल्याण्ड पठाएको छ । 

यस विषयमा साझा सबाल मिडियाले उक्त फाउन्डेसनको ल्याण्डलाइन फोनमा सम्पर्क गरि बुझ्दा एक जना महिला स्टाफले वर्किङ भिषामा पनि पठाउने गरेको भन्दै जानकारी गराएकी थिइन् । यदी यही बिषयलाई मात्र कोड गर्ने हो भने पनि उक्त फाउन्डेसनले वर्किङ भिषाको लोभ देखाई आफ्नो कमाउ धन्दा चलाइरहेको छ । जुन स्वत: गैरकानुनी हो । 

त्यस्तै संचालक सुशील कार्कीले आफ्नो मात्र गल्ति नभई पोल्याण्ड जानेको पनि गल्ति भएको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन् । उनले भने ‘जाने बेलामा चाही जसरी पनि पोल्याण्ड छिराईदिनु भन्ने अनि अहिले निउ खोजेर हुन्छ ?’ 

माथिक्का दुई पीडितको सबै जानकारी केलाएर हेर्ने हो भने उनीहरु व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पोल्याण्ड गएका छन् तर उनीहरु मध्य शिवराज थापाले हामीलाई पठाएको स्लिपमा ओडीएस्सी फाउन्डेसनलाई पैसा बुझाएको प्रमाण छ । जुन प्रमाण अनुसार उनीहरुलाई उक्त फाउन्डेसनले नै पोल्याण्ड पठाएको हो । अर्को कुरा सबैको मेडिकल एकै ठाउँबाट गरिएको छ । पोल्याण्ड पठाएर बिचल्ली बनाए पछी भाईबर मार्फत पटक-पटक उनीहरुलाई म्यासेज गर्दा त्यसको जवाफ फर्काइएको छैन । पिडितहरुसँग उक्त कन्सलटेन्सीबाट पोल्याण्ड गएको हो भन्ने एक मात्र प्रमाण पैसा तिरेको स्लिप छ, जसलाई छानबीन गर्ने हो भने दुधको दुध पानीको पानी हुने अवस्था छ ।

पिडित मध्ये हाल पोर्तुगल पुगेका शिवराज थापाले बताए अनुसार उनि सहित १७ जनालाई उक्त ओडियस्सी फाउन्डेसनले पोल्याण्ड पठाई बिचल्ली पारेको थियो । ओडीएस्सीले पोल्याण्डमा समेत छुट्टै एजेन्ट राखेको पिडितहरुले बताएका छन् । जसले त्यहाँबाट श्रम स्वीकृतिको लागि कम्पनीहरुसँग डिल गर्छन । एक जना व्यक्तिलाई पोल्याण्ड पुर्याएवापत ८ देखि १० लाख अशुली हुन्छ । 

जब उनीहरु पोल्याण्ड पुगे तब अर्को श्रम स्वीकृति निकाल्न २-३ महिना लाग्ने भयो । पिडितहरु अर्को एजेन्ट मार्फत अर्को ठाउँमा २ महिनासम्म बिना काम बसे । उक्त अवस्थामा नेपाल फर्काइदिन भनेपनि एजेन्टहरुले पैसा फिर्ता नदिने भन्दै जे गर्न सक्छस् गर भन्दै धम्क्याएर राखे । पिडितका अनुसार केहि समय पछी कृषिको लागि एउटा वर्क परमिट निकालेर उनीहरुलाई एउटा बनको बीचमा रहेको एउटा कोठामा राखियो । जहाँ एकै कोठामा १३ जनालाई राखिएको थियो । तर त्यहाँ पनि १५ दिनमात्र काम दिएर जम्मा ३० हजार दिएर फेरी होस्टलमा बिना काम राखियो । यही क्रममा पिडितहरुको खर्च सिद्दियेपछि नेपालबाट थप पैसा मगाएर उनीहरु पोल्याण्डबाट पोर्चुगल छिरे । 

अहिले पिडितहरुले आफुहरुलाई पोल्याण्ड पठाउने ओडियस्सी फाउन्डेसन प्रा.लि को संचालक सुशील कार्कीसँग आफूसँग अशुली भएको पैसा फिर्ता पाउनुपर्छ भनेर बिभिन्न माध्यमबाट ताकेता गरिरहेका छन् तर आरोपीत कार्कीले उनीहरुले पठाएको म्यासेजको कुनै रिप्लाई समेत दिदैनन् । व्यक्तिगत श्रम स्वीकृति निकालेर पोल्याण्ड पठाउन प्रतिव्यक्ति १० लाख लिएको प्रमाण पिडित मध्ये एक शिवराज थापाले सुरक्षित राखेका छन् । जुन प्रमाणले समेत खुलम-खूला ठगि भएको स्पष्ट पार्छ । किनकी शिवराज थापासँग पैसा अशुली हुँदा मोटो रकम उक्त फाउन्डेसनकै नाममा रहेको कुमारी बैंकको खातामा जम्मा भएको देखिन्छ ।

मोटो रकम अशुली भएको प्रमाण: प्रमाण अनुसार शिवराज थापाले ओडीएस्सी फाउन्डेसनलाई ४ पटक गरेर १ लाख, ५० हजार, १ लाख ३५ हजार र ६ लाख १५ हजार गरि ९ लाख बुझाएको देखिन्छ ।

यदी नीतिकै बिषयमा कुरा गर्ने हो भने इजाजतप्राप्त म्यानपावर व्यवसायीले बाहेक अन्यले बैदेशिक रोजगारीमा पठाउन पाउदैनन् । त्यस्तै पिडितहरुको पासपोर्ट नम्बर अनुसार श्रम स्वीकृति हेर्ने हो भने सबै व्यक्तिगत श्रम स्वीकृतिमा गएको देखिन्छ, साथै मेडिकल भने एउटै बाट भएको देखिन्छ । व्यक्तिगत श्रम स्वीकृति भन्ने बित्तिकै रोजगारीमा जाने व्यक्ति आफ्नै रिक्समा रोजगारीमा जाने हो । यसै कारण पनि ओडियस्सी फाउन्डेसन प्रा.लिका संचालक कार्की ढुक्कका साथ बसेका छन् । उनलाई म्यानपावरलाई जस्तै कुनै जवाफदेखिता बहन गर्नुपर्दैन नत पिडितहरुको कुनै समस्याको पर्वाह नै छ । पिडितले बारम्बार आफ्नो समस्या सुशील समक्ष राख्दा सुशीलले कुनै रिप्लाई दिएका छैनन् । पीडितले पोल्याण्डमै रहेका बासु नाम गरेका एजेन्टलाई भनेका छन् ‘बाचेको होलाउ हैन तिमीहरु हामीलाई लुटेर, कार चढेको नै छौ, अफिस खोलेका छौ, होस्टल किनेका छौं…’ 

पछिल्लो समय यस्तै कन्सलटेन्सी खडा गरेर बिभिन्न नाममा ठगि गर्दै कमाउ धन्दा गर्नेहरुको बिगबिगी छ । सरकारले बैदेशिक रोजगारीमा हुने यस्ता बेथितिलाई चुपचाप सहिदिदा यस्ता ठगि र बेथितिमा खेल्न पल्किएकाहरुले बिभिन्न तरिकाले सिधा-सोझा नागरिक ठग्न सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु