Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलेसिया रोजगारी खुल्दै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने

By साझासवाल 2 मिनेट पढाइ

कात्तिक ११, काठमाडौं । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन् ।

नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएका हुन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

यसअघि सञ्चालनमा रहेका बायोमेडिकल (बायोमेट्रिक), ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलोपटक नेपाल र मेलसियाबीच श्रम समझदारी (एमओयु) हुन थालेको हो ।

६ महिनाअघिकै प्रक्रियाम अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियान रोजगारदाताले बेहोर्ने छन् ।

गत जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द छ ।