2026-09-04 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया कामदार नपठाउने भन्दै म्यानपावर व्यवसायीहरुको यस्तो चेतावनी

कात्तिक १३, काठमाडौँ | बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरोकारवाला संस्थाहरुसंग कुनै छलफल नगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सस्तो लोकप्रियताका लागि मलेसिया सरकारसंग श्रम सम्झौता गरिएको आरोप लगाएका छन । 

मंगलबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले २०७२ साल जेठमा तत्कालिन श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले पनि कार्यन्वयननै हुन नसक्ने फ्रि भिजा र फ्रि टिकटको व्यवस्था गरेर सस्तो लोकप्रियता खोजे जस्तै वर्तमान मन्त्रीबाट पनि त्यस्तै भएको हुन सक्ने आशंका ब्यक्त गरे । त्यस्तै उनले पहिला मलेसियासंगको श्रम सम्झौता के कति कारणले रद्ध गरिएको हो त्यसको पनि सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताए । मलेसिया सरकारसंगको सम्झौताको पूर्ण पाठ सरोकारवालालाई नदिई प्रेस बक्तव्यबाट मात्रै सार्वजनिक गरिनुले कतै वाहिर आएभन्दा फरक सम्झौता त भएको छैन भन्ने समेत उनले शंका ब्यक्त गरे । 

सोही कार्यक्रममा बोल्दै कांग्रेस निकट व्यवसायी भनेर चिनिने बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले मन्त्री विष्टले बदनियतपूर्ण तरिकाले सस्तो लोकप्रियताको लागि गरेको श्रम सम्झौतालाई सबै व्यवसायीहरुले कुनै वाद वा विचार भन्दा माथि उठेर विरोध गर्नुपर्ने धारण व्यक्त गरे ।

त्यस्तै, सोही कार्यक्रममा सत्तारुढ नेकपा निकट प्रगतिशिल बैदेशिक रोजगार मन्त्रका अध्यक्ष चित्र गुप्ता सावाले सरकारले गरेको श्रम सम्झौताको बारेमा तत्काल समर्थन या विरोध भन्दा पनि आफूहरु अध्ययनकै क्रममा रहेको र वाहिर मिडियामा आए जस्तै सम्झौता हो भने मन्त्री विष्टको लोकप्रिय हुने होड भन्दा बढि यो सम्झौता केही नभएको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ