2026-07-27 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बैदेशिक रोजगार’ मोबाइल एप: मासिक दश हजारले डाउनलोड गरे (के-के छन् सुविधा ?)

कात्तिक २५, काठमाडौँ | बैदेशिक रोजगारलाई लक्षित गरि ‘बैदेशिक रोजगार’ (Baideshik Rojgar) मोबाइल एपको शुभारम्भ भएको ५ महिनामै ५० हजार भन्दा बढीले डाउनलोड गरेका छन् । यसै अवसरमा साझा सबाल मिडियाले काठमाडौँमा एक कार्यक्रम समेत गरेको छ । 

यो एप गुगल प्ले स्टोरमा गई Baideshik Rojgar सर्च गरेर डाउनलोड गर्न सकिन्छ ।

आफ्नो पाचौं वार्षिक उत्सबको अवसरमा गत जेठ १० गते लन्च गरिएको उक्त मोबाइल एप एण्ड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिन्छ । बैदेशिक रोजगारीमा जान चाहने तथा विदेशमै रहेकाहरुलाई दैनिक सूचना र बिबिध जानकारी दिने उद्धेश्यले ‘बैदेशिक रोजगार’ नामक मोबाइल एपको औपचारिक सुरुवात गरिएको साझा सबालले जानकारी दिएको छ । मिडियाका सह-सम्पादक मनोज पराजुलीका अनुसार यो एप मासिक १० हजार भन्दा बढी नेपालीले आफ्नो मोबाइलमा डाउनलोड गरेका छन् । सुरुवाती चरणदेखिनै गुगल प्ले स्टोरमा ट्रेन्डीङमा रहेको उक्त मोबाइल एपमा बैदेशिक रोजगारीका महत्वपूर्ण जानकारीहरु, दुतावासबारे जानकारी, बैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको जानकारी, दैनिकबैदेशिक रोजगारका डीमाण्डहरु, रोजगार सम्बन्धि समाचारहरु, श्रम स्वीकृति तथा विज्ञापन पुर्वस्वीकृतिबारे जानकारीहरु पाउन सकिन्छ ।

पछील्लो पटक यस मोबाइल एप्समा ५५ भन्दा बढी म्यानपावर कम्पनीले आधिकारिक रुपमा आवद्ध भई आफूलाई आवश्यक पर्ने कामदारहरु अनलाइनबाटै लिन थालेका छन् । यस एपमा सिधै म्यानपावर कम्पनीले आफूलाई कामदार चाहिएमा डिमाण्ड राख्न सक्ने र अनलाइनबाट सिधै कामदारले Apply गरेको विवारण म्यानपावरलाई प्राप्त भए अनुसार कामदार छनोट गर्न सक्ने सुविधा छ । यो एपले विशेष गरि बैदेशिक रोजगारीमा जान चाहेका युवाहरुलाई विशेष सहयोग गरेको छ, एपमा म्यानपावरले अपडेट गर्ने डिमाण्डहरु दैनिक आफ्नै मोबाइलमा हेर्न, बुझ्न र आफ्नो सिप अनुसार को डिमाण्ड छानेर सिधै Apply गर्न सकिने हुँदा यो एपको प्रयोग दैनिक बढेको छ । पछिल्लो ३ महिनामा यस एपमा जोडिएका बिभिन्न ५० म्यानपावर कम्पनीमा आएका डिमाण्डहरुमा वैदेशिक रोजगारीमा जान चाहने ४ हजार भन्दा बढीले सिधै Apply गरेका छन् । यसै विषयमा यस एपको व्यवस्थापनमा जोडिएका मनोज पराजुली भन्छन -‘यो एपमा पछिल्लो ३ महिनामा ४ हजार भन्दा बढी कामदारले बैदेशिक रोजगारीको लागि आवेदन दिएका छन् । आवेदन दिएकाहरुले सिधै म्यानपावर कम्पनीसंग डिल गर्ने हुँदा बीचका बिचौलियाहरुले वैदेशिक रोजगारीका नाममा कामदारलाई ठग्ने सम्भावनानै रहन्न ।’

पराजुलीले एपमा बैदेशिक रोजगारीका सबै जानकारी अपडेट हुने हुँदा बैदेशिक रोजगारीमा जाने कामदारलाई यो एपले ठूलो सहयोग पुर्याएको जानकारी दिए । बैदेशिक रोजगारीको डिमाण्डहरुमा बिचौलियाहरुले भए-नभएको सुविधा र प्रलोभन देखाई युवाहरुलाई ठग्दै आएको अवस्थामा यो एपको प्रयोग बैदेशिक रोजगारीमा जान चाहने कामदारको लागि महत्वपूर्ण रहेको साझा सबालका सम्पादक अनिल अधिकारीले बताए । उनले भने ‘बैदेशिक रोजगारी नेपालीको बाध्यता हो, अझै केहि बर्ष बैदेशिक रोजगारीको क्रम चल्ने भएकाले त्यसलाई थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हाम्रो लक्ष्य हो । यो एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापन सहजै छान्न, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गरि बैदेशिक रोजगारीमा जान निकै सहयोगी हुने हाम्रो अपेक्षा छ । साथै कुनै म्यानपावरले बिभिन्न बहानामा कामदारलाई दु:ख दिए वा ठगि गरे त्यसको समाचार तयार गर्ने तथा जानकारी लिएर नियमनकारी निकायलाई ध्यानाकर्षण गराउने सम्मको काम गर्दै आएका छौं ।’

माथिको तश्वीरमा: एपबारे जानकारी गराउदै साझा सबाल डट कमका सम्पादक अनिल अधिकारी ।

यस एपमा देशगत रुपमा आफुलाई मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको डिमाण्डहरु, तलब, पद तथा कम्पनी अनुसार डिमाण्डहरु सजिलै छानेर हेर्न सकिन्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारी, टिप्स, रोजगारी बारे ब्लगहरु पनि पढ्न पाइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकले तय गरेको विनिमय दर बारे पनि दैनिक जानकारी पाउन सकिन्छ । 

यो एप तपाई पनि डाउनलोड गर्न चाहनुहुन्छ यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली