2026-10-16 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार लाइसेन्स नं २: सबैभन्दा पुराना र ईमान्दार व्यवसायीको निधन

कात्तिक २८, काठमाडौं | वैदेशिक रोजगारमा पठाउन अनुमति लाइसेन्स नं २ लिएर वैदेशिक रोजगार व्यवसाय गर्दै आएका उदिम बहादुर राईको ८७ वर्षको उमेरमा निधन भएको छ । 

राई खोटाङको लथ्याङमा जन्मिएर बेलायती सेनाको क्याप्टेन समेत बनेका थिए । जागिरबाट अवकाश लिएपछी उनि नेपाल फर्किएर २०४१ सालमा वैदेशिक रोजगार विभागबाट ईजाजत नं २ को लाईसेन्स लिएर एभरेष्ट ईन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि. दर्ता गरेर चलाएका थिए । बैदेशिक रोजगार विभागको रेकर्ड अनुसार यो म्यानपावर अझै पनि बैदेशिक रोजगार व्यवसायमा सक्रिय छ ।

राई वैदेशिक रोजगार क्षेत्रमा ईमान्दार पुराना व्यवसायी रहेको बताइएको छ । वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील रहंदा राईको इमान्दारितालाई कदर गर्दै तात्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको कार्यकालमा सम्मान समेत पाएका थिए । बेलायती सेनाको क्याप्टेन रहेको हुँदा आफैमा आर्थिक रुपमा सक्षम उनले नेपालमा आई म्यानपावर व्यवसाय गरेर बैदेशिक रोजगारीमा महत्वपूर्ण भूमिका खेलेका थिए । 

मंगलबार मृत्यु भएका राईको आज बुधबार अन्तिम सस्कार गरिने भएको छ । आज विहान १० बजे देखि १ बजेसम्म स्व. राईको निवासमा श्रद्धाञ्जली गरिनेछ । 

श्रद्धाञ्जली पछि उनको पार्थिव सरिरलाई गोदावरीस्थित आफ्नै जग्गामा अन्तिम संस्कार गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु