2026-09-24 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारी : नैतिकतायुक्त कामदार आपूर्ति प्रक्रियामा सरोकारवालाको जोड

मंसिर ३, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको लागि कामदार छनौट प्रक्रियादेखि गन्तव्य मूलुकसम्मका धेरै चक्रहरुलाई व्यवस्थित पारदर्शी र न्याय सम्मत बनाउनुपर्ने बेला आएको बताएका छन् । श्रम लिने र दिने विच चरण चरणमा समस्या रहेको भन्दै त्यस्ता समस्या समाधानको लागि दुरगामी सोचका साथ निष्कर्ष निकाल्नुपर्ने बेला आएको मन्त्री विष्टले बताए ।

विदेसमा कामदार आपूर्ति प्रक्रियालाई पारदर्शी र नैतिक आचरणयुक्त बनाउने विषयमा राजधानीमा युएस मिसनले आयोजना गरेको कार्यक्रमा उनले विदेशमा नेपाली श्रमिक आपूर्ति प्रक्रियालाई सहज र पारदर्शी बनाई कामदारको हितमा काम गर्न सरकार प्रतिवद्द रहेको बताए । बैदेशिक रोजगारीको लागि शुन्य लागत सरकारको प्राथमिकता रहेको मन्त्री विष्टले उल्लेख गरे । 

देश भित्रै पनि श्रमिक आपूर्ति प्रक्रियामा समस्या रहेको छ त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको छ मन्त्री विष्टले भने ” श्रमिक आपूर्ति बापत कामदारको रोजगारी अवधिभर श्रमिक आपुर्तिकर्ताले कमिसन खाने अवस्था कायम छ, यो छिट्टै अन्त्य हुन्छ।” विगतमा नेपाली श्रम बजारमा कामको व्यवस्थापन गर्न नसकिएको कारण नेपालीहरु विदेशिनु परेको भन्दै त्यसलाई समाधान गर्नको लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत लाखौं युवालाई रोजगारी दिने वातावरण सिर्जना गर्न लागेको उनले दावी गरे। 

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली जनता, निजी क्षेत्र र सरकार तिनै पक्षको हितमा फाइदा हुनेगरी सहयोग गर्न अमेरिकी सरकार प्रतिवद्द रहेको बताए ।अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को राष्ट्रिय कार्यक्रम संयोजक नेहा चौधरीले कामदारले कुनै शुल्क तिर्न नपर्ने गरि रोजगारीको व्यवस्था गर्नको लागि आइएलओले मापदण्ड बनाएर नेपाल लगायत देशमा काम गरिरहेको उल्लेख गरिन् । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाले बैदेशिक रोजगारी मार्फत नेपाललाई प्राप्त रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताए । देशमा कृषि क्षेत्रबाट प्राप्त आम्दानी भन्दा रेमिट्यान्सको हिस्सा बढी रहेकोले बैदेशिक रोजगारीलाई नीतिगत रुपमै सहि व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । 

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले अन्य देशको बैदेशिक रोजगारीको व्यवस्था अध्ययन नगरी आफु खुसि निर्णय गर्दै जाँदा बैदेशिक रोजगार क्षेत्रका समस्या समाधान हुन नसकेको दावी गरे । सरकारलाई प्रश्न गर्दै गुरुङले भने “बैदेशिक रोजगारी नेपालको कहिलेसम्मको आवश्यकता हो ? यस कुरामा सरकार स्फष्ट हुनुपर्छ। सोहि अनुरुप सबै पक्षको हितमा हुनेगरी व्यवहारिक नीति निर्माण भए व्यवसायीले पनि पारदर्शी रुपमा काम सक्नेछन्।” स्वदेशमै रोजगारीका प्रयाप्त अवसर सिर्जना गरी अन्य देशबाट नेपालमा पनि कामदार आपूर्ति गर्न व्यवसायी तत्पर रहेको उनले बताए ।  

कार्यक्रममा राष्ट्रिय व्यवसायिक पहलका उपाध्यक्ष कुश कुमार जोशीले नेपालीहरु कामको खोजीमा विदेश जाने तर नेपालमै श्रमिक नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले विदेशिएका नेपाली श्रमिकहरुको सीपलाई स्वदेशमै उपयोग हुनेगरी काम गर्नको लागि एनविआई सरकारसंग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम