2026-10-16 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कामदारहरुलाई आगामी जनावरीदेखि थप सुविधा

मङ्सिर ९, काठमाडौं | मलेसियामा कार्यरत बिदेशी कामदारहरुले आगामी जनावरी पहिलो तारेखदेखि थप सुविधा पाउने भएका छन् । मलेसियामा कार्यरत आप्रवासी कामदारले सोसल सेक्यूरीटी अर्गनाइजेसन(सोस्को) अन्तरगतको सुविधा पाउने भएका हुन् ।

मलेसियाका लागि मानव संशाधन मन्त्री एम कुलासेगरनले विहीबार विज्ञप्ति जारी गर्दै आइएलओको महासन्धि अनुरुप यस्तो सुविधा दिने जनाएका हुन् । मलेसियाको मन्त्रिपरिषद्को निर्णय अनुसार जनवरी पहिलो तारेखदेखि नै मलेसियाका हरेक रोजगारदाताले आफ्नो कम्पनीमा काम गर्ने कामदारको उपचारको खर्च व्यहोर्नु पर्नेछ । साथै आफ्ना कामदारलाई सोस्को अन्तरगत दर्ता गराउनु पर्नेछ । मलेसियामा सोस्कोले कामदारको उपचार, क्षतिपूर्ति तथा राहत सुविधा दिनेछ । 

मलेसियाको यो नयाँ सुविधासंगै उसले स्वदेशी तथा आप्रवासी दुबै कामदारलाई समान उपचार तथा क्षतिपूर्तिको व्यवाहार लागु गरेको छ । यो अन्तर्राष्ट्रिय प्रावधान पूरा गरेसंगै मलेसियाबाट  दुर्घटनामा परेर मृत्यु भएका कामदारको कामदारको देश फिर्ता गराउँदा वा घाइते अंगभंग वा पुर्नस्थापना भएर फर्काउनु परेमा सोस्कोले प्रतिकामदार ६ हजार ५ सय रिंगिट उपलब्ध गराउने भएको छ ।

यो सुविधा मलेसियामा ओभरस्टे भई बसेका बिदेशी कामदारहरुले भने पाउने छैनन् । मलेसियाको यो नीतिले मलेसियामा अवैधानिक रुपमा बसेका बिदेशी कामदारलाई बैधानिक हुन वाध्य पार्ने बताएको छ । 

मलेसिया नेपालको आकर्षक गन्तव्य मूलुक अन्तर्गत पर्छ । छ महिनादेखि नेपालबाट मलेसिया कामदार पठाउन रोक्का गरिएको अवस्थामा पछिल्लो समय निशुल्क कामदार पठाउन दुई देशको सम्झौता भईसकेको छ । केहि समयमै नेपाली कामदार पनि मलेसिया जान पाउने र दुईदेशबीच केहि महिना अघि भएको सम्झौता बमोजिमनै नेपाली कामदारलाई मलेसिया पठाउने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु