2026-10-16 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा कार्यक्रमले के दिन्छ ?

मङ्सिर ११, काठमाडौँ | आज निकै तामझामका साथ सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेसंगै यसको फाइदा बारे चौतर्फी बहश भएका छन् । यसै बिषयमा नेपालबाट विदेशमा रहेका लाखौँ नेपालीलाई यो कार्यक्रमले के फाइदा पुग्छ ? सिधा जवाफ छ – यो कार्यक्रमले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कुनै सुविधा दिने छैन । 

यो कार्यक्रम लागु भएपछि नेपालमै श्रम गर्नेहरुले पेन्सन सहित बिभिन्न सुविधा पाउने भएका छन् भने यस सुविधाको कुनै फाइदा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पाउने छैनन् ।

तश्वीरमा: मंगलवार राजधानीमा आयोजना गरिएको सामाजिक सुरक्षा कोष, नेपालको औपचारिक शुभारम्भ घोषणा कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर: प्रदीपराज वन्त,रासस

देश रेमिट्यान्सले धानिएको भएपनि सरकारले घोषणा गरेको कार्यक्रमले विदेशमा रहेका ५० लाख भन्दा बढी नेपालीहरुलाई निराश बनाएको छ । त्यसो त आफ्नो देशमा रोजगारी पाउन नसकेर बैदेशिक रोजगारीमा जान बाध्य युवाहरुलाई सरकारले धेरै नीतिगत व्यवस्थाबाट पनि सुविधा दिन सकेको छैन । फ्री भिषा, फ्री टिकटको नीति छ तर कार्यान्वयन गर्न सकेको छैन । दिनानुदिन चर्को शुल्क तिरेर नेपालीहरु विदेश जान बाध्य छन् । त्यस्तै दैनिक बैदेशिक रोजगारीका क्रममा समस्यामा परेर नेपालीहरु स्वदेश फर्कदा सरकारले ठगि गर्नेहरुलाई यथासिघ्र कारवाही गर्न नसकेको पिडितहरुको गुनाशो छ । 

सरकारले विदेशमा रहेकालाई समस्याबाट जोगाउन विदेश जाने कामदारसंग प्रति व्यक्ति २५ सयका दरले पैसा उठाउँदै आएको छ तर उक्त्त कोष पनि पारदर्शी नभएको गुनाशो सुनिन्छ । कोषमा भएको रकम मनपरी खर्च भएको आरोपहरु लाग्ने गरेको छ । केहि मात्रामा यो कोषको पैसा वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारका परिवार र अंगभंग भएका श्रमिकले पाएको भए पनि विदेशबाट फर्किएकाहरुको समृद्धिको लागि यो कोष प्रभावकारी बन्न नसकेको बताइन्छ । 

मुख्य कुरा सरकारले म्यानपावर कम्पनी र रोजगारदातालाई उनीहरुको जिम्मेवारी प्रति गम्भीर बनाइएको छैन । बैदेशिक रोजगारमा युवाहरुलाई चर्को शुल्क लगाएर ठगि भईरहदा सरकार मुकदर्शक बनेको छ । श्रम गरेर बैदेशिक रोजगारीमा जान बाध्य युवाहरु पछिल्लो समय ३ दिनसम्म श्रम कार्यालय ताहाचलमा दिन रात लाईनमा बसेर पनि श्रम स्वीकृति लिन सकीरहेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु