2026-10-16 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीबाट फर्किएकाहरुको निशुल्क सीप परीक्षण हुँदै, कसरी सहभागी हुने, हेर्नुहोस

मंसिर १२, काठमाडौं । बैदेशिक रोजगारीबाट नेपाल फर्किनु भएको छ भने तपाइको लागि खुसीको खबर छ। तपाइले बैदेशिक रोजगारीको क्रममा काम गर्नुभएको सीपको परिक्षण नेपालमा हुने भएको छ । तपाइइले सिक्नुभएको सीपको परिक्षण गरि प्रमाणीकरण पश्च्यात प्रमाणपत्र उपलब्ध गराउने कार्यक्रम रहेको छ ।  

सरकारले विदेशबाट सीप आर्जन गरेर फर्किएका  युवालाई सीप प्रमाणिकरण गर्नका लागि निवेदन दिन आह्वान गरेको हो । आउँदो पुस ११ गतेसम्म सरकारले तोकेको बिभिन्न ठाउँमा आफूसँग भएको सीप प्रमाणिकरणको लागि निवेदन दिन सकिने जनाइएको छ । 

सरकारले जारी गरेको सूचना अनुअसार २० वटा पेशाको  प्रमाणिकरण गरिंदैछ । सीप प्रमाणिकरणको लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिलाई दिएको छ । 

समितिले नै फारम संकलन तथा सीप परीक्षण  र प्रमाणिकरण गराउने छ । विदेशबाट सीप सिकेर फर्किएका र सीप परीक्षण गराउन चाहने व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिको वेवसाइट तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेवसाइटबाट फारम डाउनलोड गरेर आउँदो पुस ११ गतेसम्म निवेदन दिन सक्नेछन् । समितिबाट सीप प्रमाणिकरण गराउँदा र फारम भर्दा कुनै पनि शुल्क नलाग्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।  

यी हुन् परिक्षण हुने सीपहरु 

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणिकरण गर्ने जनाएको छ ।यस अन्तर्गत  विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डरको सीप अमावेष गरिएको छ । 

त्यसैगरी स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङ पेशको सीप प्रमाणिकरण हुनेछ । 

सातै प्रदेशमा फारम संकलन केन्द्रहरु

सातै प्रदेशमा केन्द्र स्थापना गरेर विदेशबाट सीप आर्जन गरेर फर्किएका युवाको सीप प्रमाणिकरणका लागि व्यवस्था मिलाइएको छ । प्रदेश १ अन्तर्गत झापामा, दमक टेक्निकल एजुकेशन फाउन्डेशन प्रालि र सुनसरीमा पाथिभरा हिमालयन पोलिक्लिनक प्रालिमा सीप प्रमाणिकरणका लागि निवेदन दिन सकिनेछ । 

प्रदेश २ अन्तर्गत सिरहामा लहान प्राविधिक शिक्षालयमा, धनुषामा विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युटमा र पर्सामा बीरगंज इन्स्टिच्युटमा अफ टेक्नोलोजी बीरगंजमा निवेदन दिन सकिनेछ । 

त्यसैगरी प्रदेश ३ अन्तर्गत  मकवानपुरमा, नेपाल भारत मैत्री पोलिकिलनिक इन्स्टिच्युटमा हेटौंडामा, चितवनमा नारायणी पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा, भक्तपुरमा राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीमा र काठमाडौंमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा निवेदन दिन सकिनेछ ।

प्रदेश ४ अन्तर्गत कास्कीमा पोखरा प्राविधिक शिक्षालय फूलबारीमा र बाग्लुङमा धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बलेवामा, प्रदेश ५ अन्तर्गत रुपन्देहीमा कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रामनगरमा, दाङमा राप्ती प्राविधिक शिक्षालय लालमटियामा र  बाँकेमा भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा निवेदन दिन सकिनेछ । 

प्रदेश ६ अन्तर्गत सुर्खेतमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यलयमा र जुम्लामा कर्णाली प्राविधिक शिक्षालय र प्रदेश ७ अन्तर्गत कैलालीमा धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी प्रालिमा, कन्चनपुरमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरमा र डोटीमा सेती प्राविधिक शिक्षालय दिपायलमा निवेदन दिन सकिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

फारम बुझाउँदा चाहिने कागजपत्र

नागरिकताको प्रतिलिपि

पासपोर्टको प्रतिलिपि र स्वदेश फर्किंदा अध्यागमनबाट छाप लागेको पाना समेत बुझाउन पर्नेछ । 

वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजहरु ।

हालसालै खिचेको पासपोर्ट साइजको फोटोकपी दुई प्रति । 

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणीकरण गर्ने जनाएको छ । यो वर्ष एक हजार जनाको सीप परीक्षण हुने सरकारको अनुमान छ । एक हजार जनाभन्दा माथि आवेदन आएमा श्रोतको सुनिश्चितताको पछि मात्रै सीप परीक्षण हुने बोर्डले जनाएको छ । 

कहाँ सम्पर्क गर्ने ?

यसबारे थप जानकारी चाहिएमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयको फोन नम्बर ०१-४१०५०६८  र राष्ट्रिय सीप परिक्षण समिति, सानोठिमी भक्तपुरको सम्पर्क नम्बर ०१-६६३८१५३ मा कल गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु