2026-10-16 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साव इन्टरनेशनल म्यानपावरमा छापा, लाखौँ अशुली गर्दैगर्दा निर्देशक पक्राउ (भिडियो सहित)

मनोज पराजुली । मंसिर २३, काठमाडौँ । बैदेशिक रोजगार विभागको अनुगमन टोलीले बन्सुन्धरा स्थित साव इन्टर्नेशनल ह्युमन रिसोर्सका प्रवन्ध निर्देशक गणेश बहादुर पतेनीभाटलाई नगद ३ लाख ३५ हजार लिंदा लिंदै समातेको छ । पक्राउ परेका गणेशलाई अनुसन्धानका लागि बैदेशिक रोजगार विभाग लगिएको छ ।  

भिडियो हेर्नुहोस

युएइको अल जाफेर कम्पनीमा पीएसबिडी सेक्युरिटी गार्डको लागि पठाउने भन्दै तनहुँका कृष्ण सुवेदीबाट ३ लाख ३५ हजार रकम लिंदालिंदै विभाग टोली उनलाई समातेको हो । म्यानपावर कम्पनीले दुवईको लागि भन्दै प्रति कामदार ४ लाख ९० हजारसम्म लिईरहेको सूचना शुक्रबार श्रम मन्त्रलायमा पुगेपछि विभाग टोलीले आइतबार म्यानपावर कम्पनीमा छापा हानेको हो । विभाग टोली म्यानपावर कम्पनी पुग्दा जम्मा  ४ लाख ८० हजार माग गरिएपनि सुवेदीले ३ लाख ३५ हजार बुझाउँदै थिए । जम्मा  ४ लाख ८० हजार माग गरिएको बताउँदै उनले यस अघि ४५ हजार बुझाइसकेको साझा सवाललाई जानकारी दिए । 

विभाग टोलीले म्यानपावर कम्पनीका पछिल्ला श्रम स्वीकृतिका सम्पूर्ण फाइल, कामदारबाट रकम लिएका विल लगायत आवश्यक सबै विवरण जफत गरेको छ । म्यानपावर कम्पनीले आज उडाउन लागेका अन्य व्यक्तिहरुबाट पनि प्रति व्यक्ति ४ लाख ९० हजार लिएको बताएका छन् । घरबाट दुवई जाने तयारी सहित कामदारहरु म्यानपावर कम्पनीमा जम्मा भएका थिए ।  विभागले म्यानपावर कम्पनीको कारोबार रोक्का गरि अनुसन्धान शुरु गरेको छ । बैदेशिक रोजगार बिभागले उक्त म्यानपावर कम्पनीबाट भिषा आईसकेको र उडान गर्न बाँकी रहेका कामदारहरुलाई तिरिएको बढी रकम फिर्ता सहित सरकारले तोकेकै रकममा उडाउने जनाएको छ ।

तीन बर्ष अघि सरकारले खाडीका ६ राष्ट्र सहित मलेसिया जाँदा कामदारले १० हजारभन्दा बढी शुल्क तिर्नु नपर्ने नीति लिएपनि म्यानपावर कम्पनीहरुले चर्को अशुली गर्न छाडेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु