2026-10-16 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबार म्यानपावरमा छापा हान्दा जे देखियो…

मङ्सिर २४, काठमाडौँ | आइतबार काठमाडौँको बसुन्धारा स्थित साव इन्टरनेशनल ह्युमन रिसोर्स कम्पनीमा बैदेशिक रोजगार बिभागले छापा हान्दा साझा सबाल मिडियाको टोली पनि सरकारी टोलीसंगै थियो । जब बिभागको टोली सहित २ प्रहरी र हामी सहित १२ जनाको समूह म्यानपावर तर्फ जाँदै थियौं । एक्कासी म्यानपावर कम्पनीको बाहिरी दलिनमा बसेर हामीतिर हेरिरहेका एक जना भित्र दौडिए । 

हामी पनि उनकै रफ्तारमा म्यानपावर कम्पनीभित्र छिर्यौँ । करिव १५ सेकेन्डको समयभीत्र म्यानपावर कम्पनीको कर्मचारीहरुले कुनै कुरा सोच्न भ्याउने कुरै थिएन । जव हामी म्यानपावर कम्पनी भीत्र पुग्यौं तब म्यानपावरमा रहेका सबै हतास मुद्रामा देखिन्थे । उनीहरुलाई के हुँदैछ भन्ने त्यति खेर मात्र थाहा भयो जब बैदेशिक रोजगार बिभागका एक कर्मचारीले ‘हामी बैदेशिक रोजगार बिभागबाट नियमित अनुगमनमा आएको, तपाइँको म्यानपावरले कामदारसँग चर्को रकम अशुली गरेको छ भन्ने सूचना मन्त्रालय मार्फत पाएका छौं’ भने । 

म्यानपावरका प्रबन्ध निर्देशक गणेश बहादुर पतेनीभाट कालो-निलो भए । किनकी १५ सेकेन्ड अघि मात्र उनले एक जना कामदारसँग ३ लाख ३५ हजार रकम लिएका थिए । उनले लिएको उक्त रकम  कतै लान भ्याएकै थिएनन् । उक्त रकम बिभागले जफत गर्यो ।

त्यसै बखत उतापट्टी एकाउन्ट शाखामा २ कर्मचारी हड्बडाउँदै ड्रयरमा चावी लगाउँदै गरेको देखियो । तत्काल त्यहाँबाट बिभागको टोलीले केहि नगद र बेरुजु, नाम समेत उल्लेख नगरिएको तीन थान रसिद बरामद गर्यो । उक्त रशिदमा ५ लाखसम्म उल्लेख गरिएको तर रशिदमा नम्बर तथा नाम समेत देखिएन । कम्प्युटरमा एक्सल फाइल भेटियो जसलाई बिभागले प्रिन्ट गरेर लियो । 

सोहि कम्पनीको लागि जान आएका केहि युवाहरु अर्को कोठामा भेटिए । ७ जना युवाहरुलाई हामीले सोध्यौं ‘तपाइँहरुले कति पैसा तिर्नु भयो ?’ उनीहरु बोल्न डराए तर पछी भने ‘हामीले कुनै शुल्क तिरेका छैनौं सर ।’ हामीले उनीहरुलाई सत्यता खोल्न आग्रह गर्दा पनि उनीहरु डराएर म्यानपावरले चर्को रकम अशुली गरेको बारे खुलाउन चाहेनन् । 

घरबाट बैदेशिक रोजगारीको लागि तयार भई आएका उनीहरुलाई डर थियो कि आफूहरु जान पाईएन भने ? म्यानपावर कम्पनी तथा ओरिएन्टेसनका क्रममा उनीहरुलाई १० हजार भन्दा बढी कुनै शुल्क पनि नलिएको भन्न बाध्य पारिएको केहि बेर पछी एक जना कामदारले खुलाशा गरे । केहि बेर अघिसम्म अरु साथिले झैँ कुनै शुल्क नबुझाएको बताउने सुनसरीका एक युवाले बिभागका कर्मचारीका अगाडी सबै वास्तविकता खोलिदिए । उनले उता सुनसरीमै एजेन्टलाई १ लाख दिएको र बैंक भौचर देखाउदै म्यानपावरका गणेश बहादुर पतेनीभाटलाई थप ३ लाख ९० हजार दिएको कुरा खोले । उनले भने – ‘हामीलाई नबोल्न बाध्य पारिएको थियो सर, कुरा खोल्यौं भने विदेश जान नपाउने धम्कि दिएका थिए, हामी बाध्य छौं सर ।

तत्काल बैदेशिक रोजगार बिभागको टोलीले ति व्यक्तिबाट अशुली भएको ३ लाख ९० हजार फिर्ता गर्नुपर्ने कागज गराई म्यानपावर कम्पनिका निर्देशक गणेश बहादुर पतेनी भाटलाई हस्ताक्षर गर्न लगायो र बिभागको टोलीले उक्त म्यानपावर कम्पनीका निर्देशकलाई लिएर बिभाग गयो । 

केहि बेर पछी सोहि म्यानपावर कम्पनिबाट बैदेशिक रोजगारीमा जान लागेको ३/४ जना युवाहरु म्यानपावर नजिकै बाटोमा भेटिए । केहिबेर अघि म्यानपावरभित्र हुँदा पटक-पटकसम्म सोध्दा पनि आफूहरुसँग म्यानपावर कम्पनीले कुनै पैसा नलिएको बताउने उनीहरुले बाहिर आएपछी भने आफूहरुसंग ४ लाख ८० हजार अशुली गरेको बताउदै थिए । 

विदेश गएको ऋण तिर्नकै लागि १० महिना 

सरकारले ३ बर्ष अघि १० हजारमा बैदेशिक रोजगारीमा पठाउने नीति लागु गरेपनि अधिकांश म्यानपावरले मोटो रकम अशुल्ने गरेका छन् । मासिक ३० हजार कमाउने कामदार पठाउँदा पनि म्यानपावरहरुले १ लाख भन्दा बढी लिएको भेटिएको छ । आइतबार छापा हानिएको साव इन्टरनेशनल ह्युमन रिसोर्स कम्पनीले कामदारसँग ५ लाखसम्म अशुली गरेको पाइएको छ । 

पिएसबिडी सेक्युरिटीमा २००० तलबमा जान लागेका कामदारसँग यतिका चर्को रकम उठाउनु चरम मनपरीको एउटा उदाहरण मात्र हो । यही कम्पनीमा कामदारले मासिक ६० हजार बचाएछ भनेपनि उक्त रकम पूर्ति गर्न बिदेशी भूमिमा कामदारलाई कम्तिमा ९ महिना लाग्ने देखिन्छ । अझ उक्त पैसाको ब्याज समेत जोड्ने हो भने १० महिनानै लाग्छ ।

आफ्नो देशमा रोजगार नपाएर विदेश जाने कामदारलाई यतिसम्म चर्को अशुली हुँदा पनि सरकारले कुनै भरपर्दो नीति समाउन सकेको छैन । पछिल्लो साढे तीन बर्षमा मात्र कामदारले म्यानपावरलाई १ खर्व भन्दा बढी रकम गैर-कानुनी तरिकाले अशुली गरेको देखिएको छ । म्यानपावरले १० हजारमै कामदार पठाउन नसक्ने अवस्था छ भने कामदारको १ महिनाको तलब र कम्पनीले टिकट नदिएको अवस्थामा कामदार आफैले टिकट खर्च दिनुपर्ने निती लिएमा आफूहरु मान्न तयार रहेको म्यानपावर कम्पनीहरुको भनाई छ । 

केहि म्यानपावर कम्पनीका संचालकहरु सरकारले खुला छाडिदिएकै कारण म्यानपावर व्यवसाय बदनाम भएको स्वीकार्छन् । बदनामीको कारण आफूहरु म्यानपावर व्यवसायी हुँ भन्न पनि नसक्ने स्थिति रहेको अधिकांश म्यानपावर संचालकहरुले बताउँदै आएको कुरा हो । ‘यो व्यवसाय जति खूला छाड्यो त्यतिनै बिग्रदै र बदनाम हुँदै जान्छ बरु कडा नियन्त्रण होस्, कमसेकम हामी म्यानपावर व्यवसायी हौँ भन्दा पनि इज्जत रहोस्’ एक म्यानपावर व्यवसायीले बताए । ति व्यवसायीका अनुसार म्यानपावर भित्रकै अस्वस्थ प्रतिष्पर्धाले कामदारले चर्को शुल्क तिर्न बाध्य भएको स्वीकारे । उनले भने ‘हामीलाई मात्र कडाई गरेर हुँदैन, दुतावास देखि श्रम कार्यालयसम्म कडाई हुनुपर्छ । बिभिन्न नाममा व्यवसायीसँग सम्बन्धित निकायबाटै अशुली हुन्छ, जुन भार कामदारलाई पर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु